शनिबार, आश्विन १७ गते २०८३

काठमाण्डाैं महानगरद्वारा राष्ट्रिय महिला भलिबल टाेली १-१ लाखले पुरस्कृत


श्रावण २४, २०८१ बिहीबार
काठमाण्डाैं महानगरद्वारा राष्ट्रिय महिला भलिबल टाेली १-१ लाखले पुरस्कृत


नेपालमा हिजाे सम्पन्न भएकाे काभा वुमेन्स नेसन्स लिगकाे उप बिजेता बनेकाे नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई काठमाडौं महानगरपालिकाले १-१ लाखकाे दरले सम्मान सहित पुरस्कार प्रदान गरेकाे छ। 

सम्पन्न खेलमा महिला भलिवल टीम नेपालले सहभागी सबै देशलाई लिग चरणमा बिजेता बनेर दर्शककाे मन जित्न सफल भएकाे थियाे। फाइनल खेलमा भने भारत संग ३-२ ले प्रतिस्पर्द्धा मा उप बिजेता बन्न सफल भएकाे थियाे। खेल हेर्न खेलकुद मन्त्रीदेखि काठमाण्डाै महानगरका प्रमुख बालेन्द्र शाह र उप प्रमुख सुनिता डंगोलकाे पनि उपस्थिति रहेकाले दर्शकहरूले भब्य हुटिङका साथ स्वागत गरेका थिए।

राष्ट्रिय भलिबल टोलीमा रहेका १४ खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई १-१ लाखका दरले प्रमाणपत्र सहित आज पुरस्कार प्रदान गरेको हाे। पुरस्कृत हुनेमा सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिजियो थेरापिष्ट लोकेन्द्र कुंवरले ५०-५० हजार का दरले पुरस्कार प्राप्त  गरेका थिए । 

राज्य र सरकारले नहेरेपनि स्वयं खेलमा निरन्तर लागिरहेका खेलाडी,  प्रशिक्षकहरु र ब्यवस्थापकलाई सम्मानित र पुरस्कृत गरेर महानगरले महत्वपूर्ण र उत्साहजनक भूमिका निर्वाह गरि खेलाडीकाे मनाेबल उच्च बनाएकाे विश्लेषण गर्न सकिन्छ।  

नेपाली राष्ट्रिय खेलाडि टोली माअरुणा शाही(कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द, संगम महतो, कविता भट्ट, सलिना श्रेष्ठ, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन, आरती सुवेदी, सुमित्रा रेग्मी रहेका छन्।

- थापा विशेष संवाददाता एवं सामाजिक अभियन्ता हुन्।