शनिबार, आश्विन १७ गते २०८३

काभा नेसन्स लिग खेलकाे हारमा राज्य कति जिम्मेवार ?


श्रावण २४, २०८१ बिहीबार
काभा नेसन्स लिग खेलकाे हारमा राज्य कति जिम्मेवार ?

-सीताराम थापा
काभा नेसन्स  वुमेन्स लिगमा घरेलु दर्शककाे साथ रहे पनि हार ब्यहाेर्न परेकाे छ। 
५ सेट सम्म चलेकाे प्रतियाेगितामा नेपाल र भारत बिच  दुई- दुई सेट बराबरीमा पुगेकाे थियाे। पाचाैं सेट भने नेपालले गुमाउनु परेकाे हाे 
उपाधिको नजिक पुगेर पनि निराश हुनुपर्दाको पीडा यति वेला नेपाली राष्ट्रिय भलिबलका होनहार खेलाडीहरूले महसुस गरिरहेका छन्।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने उनीहरूको सपना अन्तिम सेटमा भारतले चकनाचुर बनाइदिएको छ।

यी नेपाली खेलाडी उपाधिका हकदार थिएनन् भने त्यति पीडा हुने थिएन होला, तर भारतलाई समूह चरणमै हराएर आफ्नो वास्तविक क्षमता प्रदर्शन गरिसकेका यी खेलाडीले फाइनलको अन्तिम सेटमा आफूलाई सम्हाल्न नसक्दा आफ्नै भूमिमा उपाधि उचाल्ने सपना टुट्न पुग्यो।

जब च्याम्पियनसिप प्वाइन्टका लागि भारतले अंक हासिल गर्‍यो, नेपाली खेलाडी थचक्कै भुइँमा बसे। 

तर, पूर्वाधारको अभाव, सीमित सुविधा र राज्यको एक किसिमको बेवास्ताकै बीच पनि यी खेलाडीले काभा नेसन्स लिगमा गरेको प्रदर्शन लामो समयसम्म खेलप्रेमीले सम्झिरहनेछन्।
हरेक अंकका लागि गरेको संघर्षले यी खेलाडीमा रहेको ‘पोटेन्सियल’ र भलिबल खेलप्रतिको रूचि साबित गरिसकेको छ।
७७ जिल्लामा खेलिने भलिबल प्रति नेपालीकाे क्रेज कति धेरै छ भन्ने तथ्य याे खेल भईरहदा करिब ४ लाख जनताले हेरीरहेका थिय। नागरिककाे नेपाली भलिबल प्रति यति धेरै माया र क्रेज लाइ बढवा दिन राज्य र हामी आम  सराेकारवाला निकाय कति जिम्मेवार र संबेदनशिल बनिरहेकाे छ, भन्ने अहं प्रश्न गर्न ढिला भइसकेकाे छ।

mahilavolleyballl.jpeg

नेपाली भलिबल खेल हार्नुकाे मुख्य कारण राज्यकाे निरीहपन र मुकदर्शक बनेर बस्नु नै हाे। जब सम्म राज्य र सरकारले भलिबल खलमा दगानी गर्दैन, तब सम्म एक पटक जिते पनि भलिबल खेलकाे बिकास हुदैन ।

बिश्वभर बाट नेपालमा भलिबल खेल भैरहदा राज्यकाे जवाफदेहिता र भूमिका संचार माध्याम बाट हरिरहेकाे हुन्छन्।
आफ्नाे खेल आफैले मिहनेत गरेर उप बजेता बनृदा पनि खेलाडीकाे मनाेकल बढाउन राज्य जवाफदेहि हुनु पर्छ।

नेपालमा भलिबलकाे लागि राम्राे कभर्ड हल छैन । खेलाडी लाई तालिम अवसर र प्राेत्साहन छैन। नियमित खेल्नकाे लागि भत्ता छैन,। खेलेर घाइते वा बिरामि भयाे भने थेरापि र उपचार छैन। 
खेलाडी उत्पादन हुन्छन् - आफ्नाे क्षेत्र र पहुंचकाे आधारमा खेलाडी छनाैट हुन्छ, यस्काे सहि अनुगमन छैन।

खेलाडी आफनै लगानिमा क्षमता बिकास गरि खेल्छन,- तर राज्यले बेवास्ता गर्दा जिविकाेपार्जनकाे लागि प्रवास वा बिदेस जान बाध्य छन्। महत्वपूर्ण भलिबल खेलाडी लाई नेपाल बस्ने अवसर नै छैन।
छ त केवल सरकारकाे खेलकुद संघ छ, तीन तहमा खेलकुद मन्त्रालय छ। राज्यकाे उतरदायि र जवाफदेहि नभए सम्म नेपाली भलिबल खेल उच्च स्तर सम्म पुग्न सक्दैन। सराेकारवाला निकाय र सरकार त्यस तर्फ ध्यानकर्षण हाेस। खेलाडी र सम्बन्धित सराेकारवाला निकायले राज्य लाई झक्झक्यावस।

संचार क्षेत्रकाे अहं वकालत गराेस। अनि मात्र हामी नेपाली हुनु र हाम्राे नेपाली भलिबल सार्थक उवलब्धि हासिल गर्ने छ।
- लेखक थापा सामाजिक अभियान्ता हुन्।