नेपाल हस्तकला महासंघबाट बागमती प्रदेशका नवनियुक्त मुख्य मन्त्री बहादुर सिंह लामा (तामाङ्ख) र विभागिय मन्त्रीहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामा, सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ) श्रम तथा रोजगार मन्त्री माननीय प्रेम भक्त महर्जन तथा उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकमाया तामाङ्खको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रदेश सरकारबाट हस्तकला क्षेत्रको दिगो विकास र प्रवद्र्धनका सम्वन्धमा गर्नु पर्ने कार्यहरुको बारेमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले प्रकाश पारेका थिए । कार्यक्रममा सार्क हस्तकला विकास केन्द्रको संचालन, प्रदेश हस्तकलाग्राम स्थापना र संचालन हस्तकला नीतिको कार्यान्वयन तथा प्रदेश कला विश्व विद्यालयको स्थापना र संचालनका विषयमा प्रदेश सरकारको सहयोग एवं सहकार्यका सम्वन्धमा अध्यक्षबाट सविस्तार चचा गरेका थिए ।
उक्त कार्यक्रममा मुख्य मन्त्री र सम्वन्धित विभागिय मन्त्रीहरुले नेपालको मौलिक संस्कृति, सम्पदा र पहिचानसंग जोडिएको हस्तकला उद्योग व्यवसायको विकासमा प्रदेश सरकार संवेदनशील रहेको र महासंघसंग समन्वय गरी हस्तकला विकास सम्वन्धी कार्यहरु अघि बढाउने प्रतिवद्धता जनाए । उक्त कार्यक्रममा महासंघका उपाध्यक्ष किरण कुमार स्थापितले उपस्थित प्रमुख अतिथि विशिष्ट अतिथि तथा अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
नेपालपत्र संवाददाता