ललितपुरको ताल्छिखेलमा रहेको आयाम बचत तथा ऋण सहकारी संस्थाले ९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाले सहकारी विभागको मार्गनिर्देशन अनुरुप सदस्यहरुबीच उपस्थिति पुस्तिका खुल्ला गरी वार्षिक प्रतिवेदन वितरण गरेको थियो । संस्थाले सदस्यहरुबाट प्राप्त रायसुझावलाई समेटेर अन्तिम दिन सीमित व्यक्तिको उपस्थितिमा विद्युतीय माध्यमबाट सभा समापन गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष केशवप्रसाद नेपालले संस्था सहकारी मुल्यमान्यता र सिद्धान्त अनुरुप सञ्चालन भई सदस्यको आयस्तर अभिवृद्धिमा लागिपरेको बताए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थामा आर्थिक सुशासन कायम गर्दै संकलित साधनश्रोतको अधिकतम उपयोग तथा न्यायोचित वितरण गरी सामाजिक असमानतालाई हटाउन संस्था क्रियाशील रहेको बताए । कोभिड १९ का बीचमा समेत संस्थाले आफ्ना सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउन सकेको कारण सदस्यहरुको संस्थाप्रतिको विश्वास बढेको उनले जनाए । काेभिड १९ का कारण भएकाे बन्दाबन्दीले सदस्यहरूकाे ब्यापारव्यवसाय ठप्प हुँदा ऋणकाे साँवा र ब्याज भुक्तानीमा कमी हुँदा संस्थाकाे आम्दानीमा कमी आएकाे उनले बताए ।
संस्थाका कोषाध्यक्ष नवीन खकुरालले आर्थिक वर्ष २०७७।०७८ आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म शेयर सदस्य संख्या २,२५१, शेयर पूँजी रु ४ करोड २६ लाख, बचत २५ करोड २७ लाख ७९ हजार तथा ऋण लगानी २५ करोड ७९ लाख २२ हजार गरी खुद बचत ३० लाख ६२ हजार गर्न सकेको बताए ।
संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक परशुराम गौतमले समितिको प्रतिवेदन प्रस्तुत गर्दै सुधार गर्नु पर्ने विषयमा सुझाव दिएका थिए ।
चालु आर्थिक वर्ष २०७८।०७९ मा शेयर सदस्य वृद्धि गरी ३ हजार पु¥याउने, नीति, विधि र पुँजीलाई प्राथमिकतामा राखी संस्थाको दीगोपनका लागि कार्य गर्ने, स्वरोजगार, लघु, कृषि, पशुपालन, उत्पादनमूलक क्षेत्रमा शेयरपुँजीको १० गुणासम्म लगानी गर्ने भएको छ ।