शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारीको दृष्टिबन्धक लिखत गर्दा राजश्व नलाग्ने, यस्तो छ फैसला


श्रावण २२, २०८१ मंगलबार
सहकारीको दृष्टिबन्धक लिखत  गर्दा राजश्व नलाग्ने, यस्तो छ   फैसला

सहकारीबाट दिने कर्जाको   दृष्टिबन्धक लिखत पास गर्दा  अब राजश्व नलाग्ने भएको छ । बागमती प्रदेश सरकारले आर्थिक ऐन २०८१ को दफा २ को अनुसुचि १(गं) को २ नं. बुँदा अनुसार मालमोत कार्यालयले राजश्व लिदै आएको  भए पनि सहकारी ऐन २०७४ मा भने शुल्क नलाग्ने व्यवस्था  रहेको छ ।

सर्वोच्च अदालतको मिति २०८० भदौ ६ गतेको संवैधानिक इजलासबाट सहकारीको लिखत रजिष्ट्रेशन गर्दा सहकारी ऐन २०७४ को व्यवस्था अनुसार शुल्क लिने कार्य नगर्नु नगराउनु  भनि आदेश भएको थियो । उक्त आदेशपछि मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा बागमती प्रदेशभर राजश्व लिएको थिएन । 

तर, बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ बाट आर्थिक ऐन २०८१ को दफा २ को अनुसुचि १(ग)  को २ नं. बुँदा अनुसार शुल्क लिन सुरु गरेको थियो ।

454037759_7742599602515515_2157965209998933294_n.jpg