नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पूजनीय पिता श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा हिजो निधन भएको हो । औद्योगिक घराना आरएमसी ग्रुपका संस्था पक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल थिए ।
सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहेका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग संचालनमा छन् । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अग्रवाल दुईदुइ पटक संविधा सभाको सदस्य रहेका थिए । गौशाला लगायत अन्य मठ मन्दिर निर्माणमा योगदान गरेका उनले संस्थागत एवं व्यक्ति गतरुपमा सामाजिक क्षेत्रमा समेत योगदन गर्दै आएका थिए ।
स्वर्गीय अग्रवालका श्रीमती दुलादु लारी , एक छोरी बबिता , छोराहरु राजेश र विष्णु छन् । स्वर्गीय अग्रवालको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । स्वर्गीय अग्रवालप्रति हार्दिक श्रद्धा ञ्जली अर्पण गर्दै अध्यक्ष राजेशकुमा र अग्रवा ललगायत परिवाजनप्रति परिसंघ गहिरो समवेदना अर्पण गरेको छ ।
नेपालपत्र संवाददाता