शनिबार, आश्विन १७ गते २०८३

काभा नेसन्स वुमन्स लिग माल्दिभ्सलाई पराजित : इरानलाई हराउने रणनीति


श्रावण २२, २०८१ मंगलबार
काभा नेसन्स वुमन्स लिग माल्दिभ्सलाई पराजित : इरानलाई हराउने रणनीति

- सीताराम थापा
कभा नेसन्स वुमेन्स लिगमा नेपालले  मालदिभ्स लाई पनि साेझाे ३-० काे सेटमा हरायकाे छ। सेमिफाईनल पुगिसकेकाे नेपाल ९ अंकले लिग उपबिजेता हासिल गरिसकेकाे छ।नेपालले सेमि फाईनलमा बलियाे टाेली ईरान संग खलेर जित निकाल्न दबाब भएकाे छ।नेपालले जितेर पनि १ अंकले शीर्ष स्थान रहेकाे भारतले कमजाेर अंक भयकाे श्रीलंका संग खेलेर फाईनल प्रबेश गर्ने अवसर पाएकाे छनेपालले पहिलाे खेलमै माल्दिभ्स लाई सहज ८ अंकले जित्याे।

khelpoint2.jpeg
दाेस्राे र तेस्राे सेटमा प्रशिक्षक जगदिश भट्टले १४ खेलाडी मध्यय बेन्चमा रहेका दाेस्राे राेजाईका खेलाडी लाई अवसर दिए। पहिलाे राेजाईकाे खेलाडी लाई आराम दिने प्रशिक्षक भट्टकाे रणनिति पनि हाे। खेलमा प्रतिष्पर्धा भईरहदा अनुभबि प्रशिक्षक भट्टले खेलकाे बिच बिचमा पालाे गरी  चर्चित युवा स्पाइकर उषा भण्डारी र निरुता ठगुन्ना लाई जित निकाल्न सघाउने उधेश्यले मैदानमा उतारीरहेका थियाे। 
याे हिजाे भएकाे पहिलाे खेलमा भारतले श्रीलंकालाई सहज साेझाे ३-० सेटमा पराजित गरेता पनि भाेलि सेमि फाईनल पनि भारत र श्रीलंका बिच नै हुने भएकाेले भारत लाई फाईनल प्रबेश गर्न सहज हुने देखिन्छ।
लिग चरणमा ३–२ को सेटमा थाेरैले भएपनी हार ब्यहोरेको नेपालले आफ्नो कमजाेरी सुधार गर्दै सेमिफाइनलमा इरानलाई जित्नै पर्ने चुनाैतिकाे सामाना गर्ने याेजना छ। अनुभबि प्रशिक्षक जगदिश भट्ट भन्छन्-  "हामी पाच सेटमा हार  भयकाे हाे,यसाे हुनुमा इरानको टिमबारे जानकारी नहुनु, खेलाडीकाे सानातिना कमजाेरी हुनु, भारत संग ऐतिहासिक जितमा ५ सेट कडा खेल्नु पर्दा खेलाडी केही थकित र ढुक्क हुनु,  साधारण कमजाेरी दाेहाेरीनु, बिपक्षीकाे खेल बुझेर ब्लक र डिफेन्स कमि हुनु रहेकाेले हार भएकाे हाे"उनी थप्छन्, हामीले गल्ती गर्नु हुँदैन भन्ने खेलाडीलाई पनि बोध भएको छ ।’  यसलाई सुधार गरिने याेजना रहेकाे छ।" 

khek3.jpeg

प्रशिक्षक भट्ट भन्छन, "इरानसँग हामीले २०१७ मा माल्दिभ्समा वुमन्स वल्ड च्याम्पियनसिपको छनोट खेल खेलेका थियौं । हामीले ८ वर्षपछि इरानसँग खेल्दा उनीहरुको खेल्ने तरिका र बिकास निकै फरक भइसकेको रहेछ" उनले भने।
सेमिफाइनलमा इरानसँगको अघिल्लो खेलको गल्ती रिसिभ, डिफेन्स लगायतकाे कमजाेरी नदोहोर्‍याउने खेलाडी कप्तान अरुणा शाही बताउँछिन। उपाधि नै जित्ने लक्ष्य राखेकाेले ईरान संगकाे खेलमा हामीलाई गल्ती गर्ने छुट छैन भन्नेमा खेलाडी सचेत छन्। जसरी पनि जित्ने लक्ष्यमा हुनेछौं’, उनले भनिन् ।

शनिबार भारतसँग ५ सेट र आइतबार इरानसँग पनि ५ सेट खेलेकालेे खेलाडीहरु थाकेकाेले र अाज  ईरान लाई पराजित गर्न खेलाडीलाई पर्याप्त रिकभरी गर्न पहिलाे राेजाईका मुख्य खेलाडीलाई नखेलाएर आराम दिएकाे प्रशिक्षक भट्ट बताउछन्।

भाैतिक र मनाेबैज्ञानिक रुपमा पनि नेपालि महिला खेलाडीले इरानसँगको हारपश्चात बलियो भएर हिजोको भन्दा राम्रो खेलेर जित्ने रणनिति लिएकाे छ।

- थापा विशेष संबाददाता एवं सामाजिक अभियान्ता।