शुक्रबार, कार्तिक ७ गते २०८३

भक्तपुर जिल्ला बचत संघको समिक्षा गोष्ठी,३ अर्ब ५२ करोड कुल पुँजी पुर्‍याउन सफल


श्रावण २०, २०८१ आइतबार
भक्तपुर जिल्ला बचत संघको समिक्षा गोष्ठी,३ अर्ब ५२ करोड कुल पुँजी पुर्‍याउन सफल

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको  वार्षिक समीक्षा तथा आ.ब. २०८१/८२ को बजेट सुझाव संकलन कार्यक्रम  सम्पन्न भएको छ । संघका  अध्यक्ष कृष्णगोविन्द लाखाजुले वार्षिक समीक्षा तथा आ.ब. २०८१/८२ को बजेट सुझाव संकलन कार्यक्रममा संघले अनुगमनलाई प्राथमिकता दिने र समय अनुकुल सामाजिक उत्तरदायित्वमा ध्यान दिएर सदस्य सस्ंथालाई आर्थिक पक्षमा सुदृढ बनाउने बताए ।  संस्थाहरु बलियो भयो भने संघ समेत बलियो हुने भएकोले संस्थाहरुको चौतर्फी विकासमा संघ निरन्तर प्रयासरत रहेको बताउनुभयो । वहाँले आ.ब. २०८०÷८१ मा तय गरेका कार्यक्रम तथा बजेट सफलतापूर्वक प्राप्त भएको समीक्षा  जनाए ।

कार्यक्रममा संघका उपाध्यक्ष हरि कृष्ण बल्लले समीक्षाको महत्व राख्दै नीतिमा चल्दै आएको संघ र संस्थाहरुमा समस्या नरहेको बताए । हालको अवस्था समुदायमा आधारित संस्थाको लागि  अवसर रुपमा रहेको ्उनको भनाई छ । संघका सचिव जगनाथ प्रजापतिले आ.ब. २०८०/८१ को कार्यक्रम तथा तालिम प्रगतिको बारेमा प्रस्तुत गर्दै कार्यक्रम समीक्षा अन्र्तगत सहकारी अभियानका कार्यक्रम, सदस्य, संचालक र कर्मचारीहरुको क्षमता विकासका तालिमहरु र संघले प्रदान गर्ने सेवाहरुको बारे प्रगति प्रतिवेदन पेश  गरेक थिए ।विभिन्न उपसमितिहरुद्धारा ११ वटा सदस्य संस्थाहरुमा अनुगमन भएको जानकारी उनले दिए ।  बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को पाँचौ स्थापना दिवसबाट उत्कृष्ट जिल्ला बचत संघको पुरस्कार घोषणा भएको  बताए ।

संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.ब. २०८०/८१ आर्थिक समीक्षागर्दै उहाँले कुल पुँजी तथा दायित्वमा गत वर्षको तुलनामा ५८ प्रतिशतले बृद्धि भई ३ अरब ५२ करोड पु¥याउन सफल भएको  बताए ।१४४ प्रतिशतले प्रगति हासिल भएको र  आम्दानी  तथा खर्चमा ११० प्रतिशत लक्ष्य हासिल भई लेखापरिक्षण पूर्व ५ करोड ६६ लाख आय भएको प्रतिवेदन पेश गरेका थिए ।लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले बैंक वित्तीय संस्थामा वित्तीय लगानी गरेर संघ दिगो नहुने भन्दै सदस्यता बृद्धि र ऋण लगानी बढाउनमा जोड दिए ।  संघको अग्रिम व्याजकर दाखिला ७ करोड ६८ लाख भन्दा बढी रहेकोले यो रकम फिर्ता वा घटाउन संघले विशेष योजना ल्याउनुपर्ने  उनको भनाई छ ।

संघका व्यस्थापक बालकृष्ण धोजुले  आ.ब. २०८१÷८२ को कार्यक्रम योजना तथा बजेट प्रस्तुत गर्र्दै संघको सदस्य सक्षमता विकास, संचालक र कर्मचारी क्षमता विकास, संस्थागत विकास, अनुगमनका लागि योजना तथा बजेट प्रस्तुत गरेका थिए  । साथै  उनले ऋण लगानीलाई प्रोत्साहन गरी अग्रिम व्याजकर दाखिला घटाउने योजना समेत राखेका थिए। वार्षिक समीक्षा तथा आ.ब. २०८१/८२ को बजेट सुझाव संकलन कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिक्षण समिति, उपसमिति र कर्मचारीहरु गरी ४४ जनाको उपस्थिति रहेको थियो ।