-सीताराम थापा
( विशेष संबाददाता)
काठमाण्डाैमा जारी काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि पहिलाे पटक ऐतिहासिक जित हासिल गर्न सफल भएकाे छ। दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो ।
नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, र १५-१३ ले हराएकाे हाे ।

घरेलु काेर्टमा नेपाली समर्थकको साथ पाएकाे नेपालले अग्रता कायम गर्दै २२-१८ मा पुर्याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सहजै सेट २५-१८ ले जितेको थियो । दोस्रो सेटमा शुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो ।
तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित लियाे । खेलाडी परिवर्तनमा नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली त्यसै पाएकोले खेल्न पाएकाे भए जित्न सक्थ्याे।
तेस्रो सेटमा नेपालले १६–९ को अग्रता लिँदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जितकाे नजिक पुगिसकेकाे थियाे।

चौथो सेटमा भारत शुरुवातमा भारत मध्य समय सम्ममा १५-१० ले अघि थियो । नेपालले १५-१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएपछि भारतले समय लिदै निकै प्रतिस्पर्धात्मक खेलमा २ अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५–१८ ले जित्न सकेकाे हाे।

निर्णायक पाँचौं सेटको शुरुवात प्रतिस्पर्धात्मक बनेको थियो । युवा स्पाइकर उषा भण्डारी र अनुभबी स्पाइकर सरस्वती चौधरीको स्पाइकमा अंक जोड्दै नेपाल ५–२ को अग्रता लिएर अघि बड्दा नेपाल १२-१० मा पुगेपछि भारतले टाइम आउट लिएर लगतै पुनरागमन गर्न खाेजेकाे थियाे।नेपाल १२-१३ को अवस्थामा सरस्वतीले लेफ्ट साइडबाट अंक जोडेपछि नेपाल जित भन्दा एक अंक टाढा थियो । तर भारतले पुन अंक जोड्दा खेल १३-१४ को अवस्थामा नेपालले भारतको मोमेन्ट्स ब्रेक गर्न टाइम आउट लियपछि उषा भण्डारीकाे स्पाइकमा १३-१५ ले अन्तिम ऐतिहासिक जित हासिल गर्न सफल भयाे।

खेलकाे साथ जित हासिल गरेपछि ऐतिहासिक घरेलु मैदानमा दर्शकले नेपाली टाेलीलाई साथ र भब्य स्वागत गरिरहेका थिए।
भारतमाथिकाे ऐतिहासिक जितकाे याे क्षणमा नेपाली महिला खेलाडीलाई मन्त्री, पूर्व मन्त्रीहरु, नेता, कलाकार, खेलकुद परिषद, भलिबल संघ लगायतका हजाराै दर्शकहरुले नेपाली झण्डा फहराउदै ताली बजाउँदै र अंकमाल गर्दै माया साटिरहेका थिए।
यस अवस्थामा प्रशिक्षकहरु र मैदानमा भिडेका खेलाडीहरुले परिक्रमा गर्दै खुसी र आसुले हर्ष साटेका थिय।

हल गुन्जायमान र हर्ष आंसुले भरिदा बिश्वभबाट भलिबल हेर्ने लाखाैले बधाई दिईरहेकाे कमेन्टटेटर हेमन्त हमालले बताए।
अनुभबि प्रशिक्षक जगदिस भट्ट सफल भएका छन्। अरुणा शाहीकाे सेटिङ कप्तानीमा स्पाईकर निरुता ठगुन्ना, शरस्वति चाैधरी र उषा भण्डारी तथा लिबेराे शलिना श्रेष्ठ लगायत सबै खेलाडीले उत्कृष्ट खेल पर्दर्शन गरे। प्रशिक्षक जगदिश भट्टले आवश्यकता अनुसार खेलाडीलाई पालाे गरि खेलाएका थिएभलिबल खेलमा नेपाल यहासम्म आईपुग्नुमा नेपाल भलिबल संघकाे महत्वपूर्ण भूमिका रहेकाे बताइन्छ।

यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रंगशालामा भएकाे थियो । उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण पदक जित्नबाट चुकेको थियो ।काभा वुमन्स लि प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । शीर्ष चार टाेली सेमि फाईनल खेल्ने भए पनि आजकाे भारतलाई ऐतिहासिक जितले नेपाल शिर्ष पहिलाे हुने आकलन गरिएकाे छ।

भारतमाथि जित हासिल गरेर नेपाल सर्वाधिक खुसि र चर्चाले आफ्नाे उचाई चुम्न सफल भएकाे सबैकाे बुझाई रहेकाे छ।
- थापा विशेष संबाददाता एवं अभियान्ता हुन्।
सीताराम थापा