जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी अशोज १४ गते राति १२ बजेबाट अनावश्यक रूपमा भिडभाड, मेला र महोत्वसव र सभाजुलुस गर्न रोक लगाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा अर्को आदेश नभए सम्मका लागि जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।
अन्य आर्थिक, सामाजिक तथा व्यवसायिक र कार्य गर्दा भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र सार्वजनिक सवारीसाधनमा सिट क्षमता भन्दा बढी यात्रु नचढाउन आदेशमा भनिएको छ ।
कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन प्रशासनले सूचना गरेको छ ।