शनिबार, आश्विन १७ गते २०८३

काभा नेसन्स अन्तर्राष्ट्रिय भलिबल लिग नेपालमा शुरु : पाँच राष्ट्रबीच प्रतिस्पर्धा


श्रावण १७, २०८१ बिहीबार
काभा नेसन्स अन्तर्राष्ट्रिय भलिबल लिग नेपालमा शुरु : पाँच राष्ट्रबीच प्रतिस्पर्धा

काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियाेगिता काठमाडौंमा शुरु भएकाे छ। एसियाकाे पाँच महिला राष्ट्रका महिला टाेलीले भाग लिने खेलमा नेपाल,श्रीलंका, भारत, ईरान, माल्दिप्सले आफ्नाे उपाधि दाबेदारी प्रस्तुत गरेका छन्। खेल खेल्न सबै राष्ट्रकाे टाेली नेपाल भलिबल संघले आयाेजना गरेकाे प्राविधिक बैठकमा महिला खेलाडी टाेलीका कप्तानहरुले आफ्नाे तयारी पूरा रहेकाले उपाधि दाबी गरेका हुन्। 

अरु राष्ट्र जस्तै नेपालका महिला कप्तान अरुणा शाहीले नेपाली टाेलीकाे लक्ष्य आफ्नाे घरेलु मैदानमा खेल प्रदर्शन गरी फाइनल खेल्ने  र ट्रफि समेत लिने दाबेदारी रहेकाे बताउछिन्। 

दुई महिना देखि नेपाली काभा नेसन्स लिगकै लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएर १४  सदस्यीय टोली घोषणा गरेर बन्द प्रशिक्षण र अभ्यास  गरिएको मुल प्रशिक्षक जगदिश भट्ट बताउछन्। 

नेपाली टोलीले काभाकै लागि नेपालमा रुसी टोलीसँग दुईवटा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । दुबै खेलमा नेपाल सोझो सेटमा पराजित भए पनि पहिलाे दपन भन्दा दाेश्राे दिन राम्राे प्रदर्शन गरेका थिय।  

विश्वकै बलियो मानिने रुससँगको खेलले धेरै कुरा सिक्ने र सिकाउने काम पूरा भएकाे प्रशिक्षक र खेलाडीहरुकाे भनाई छ। डेढ महिनासम्म अभ्यास गरेको र रुससँग भएको मैत्रीपूर्ण खेलबाट आफूहरुको खेल सुधार गरेकाे अनुभवी प्रशिक्षक सरस्वती चाैधरी र युवा स्पाईकर उषा भण्डारी  बताउँछिन्। 

Women players.jpeg

नेपालले सन् २०१९ र २०२१ मा बंगलादेशमा भएको काभा वुमन्स च्यालेन्ज कप (काभा नेसन्स लिग) को उपाधि जितेको थियो ।
सन् २०१९ को १३ औं दक्षिण एशियाली खेलकुद र २०२३ मा काभा वुमन्स च्यालेन्ज कपमा नेपाल भारतसँग पराजित भएको थियो । २०२३ मा काभा वुमन्स च्यालेन्ज कपमा काजाकस्तानसँगको हारका कारण नेपाल तेस्रो हुन पुगेको कप्तान अरुणा शाही बताउछिन्।

प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई नेपालले पराजित गर्दै आए पनि भारतसँग  पराजित हुँदै आएको र इरान भने नेपालकै स्तरकाे टाेली रहेकाे खेलाडीहरु र प्रशिक्षककाेने समान विश्लेषण छ।

भारतसँग लगतार हार ब्यहाेरेकाे भाेक मेटाउन यस पटक जित निकाल्न सबै प्रयास गरिने महिला खेलाडीहरु बताउछन्। 
महिला खेल प्रशिक्षक जगदिश भट्ट  नेपाली खेलाडीको मनोबल उच्च भएको र रुससँगको मैत्रीपूर्ण खेलबाट गल्ती सच्याउने अवसर पाएका र आफ्नाे घरेलु मैदानमा दर्शककाे साथ पाउने र उपाधि जित्ने दाबेदारी  बताउँछन् ।

धेरै पुरानाे साेबाट माथिउठेर ‘भारत भन्नेबित्तिकै कमजोर मानसिकता बनाउने हाम्रो खेलाडीको मनोविज्ञानमा  सुधार आउनु सकरातणमक पक्ष्य हो । घरेलु मैदानमा विगतका कमी कमजोरी सच्याई हामी उपाधि जित्छौं भन्ने विश्वास प्रशिक्षकहरु र खेलाडीकाे समेत उच्च मनाेबल देखिन्छ।

यद्यपि भारतीय महिला खेलाडी नेपाल भन्दा एक महिना बढि समयदेखि तयारी गरिरहेकाे र अरु देशँग गएर खेलिरहेकाेले अझै बलियाे दाबेदार हुन सक्ने विश्लेषण गर्न सकिन्छ।

यसै गरी ईरान र श्रीलंका पनि अग्लाे कद र बलियाे खेलाडी तयारी साथ आएकाेले अन्तराष्ट्रिय खेलकाे माहाेलमा टाेलिहरुकाे दराे प्रतिस्पर्द्धा रहने दबी छ।

प्रतियोगिताको उद्घाटन खेलमा साउन १७ गते घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ भने २६ गते सम्म लगतार सबै लिग चरणमा खेलेर फाईनल प्रबेश गर्ने छन्।  खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउसाबाट दैनिक रुपमा  हुनेछ ।
खेलकाे लागि हाम्राे खेलकुद लगायतले प्रशारण गर्ने छ।

नेपाल भलिबल संघले आयाेजना गर्ने खेलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गर्ने याेजना रहेकाे छ ।

नेपाली घरेलु मैदानमा हुने अन्तराष्ट्रिय भलिबल प्रत्यक्ष वा घर बाटै यु ट्यूबबाट हेर्न पनि सकिने जनाइएकाे छ।