नेपाल आयल निगमले बिहीबारदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाइएको र हवाई इन्धनको मूल्य भने यथावत कायम राखिएको छ ।
पहिलो वर्गको पेट्रोलको मूल्य १६८ रहेकामा अहिले मूल्य घटेर १६७ कायम गरिएको छ । यसैगरी दोस्रो वर्गको १७० मूल्य रहेकामा घटेर १६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य १७१ बाट घटेर एक सय ७० भएको निगमले जानकारी दिएको छ ।
डिजेल र मट्टितेलको पनि पहिलो वर्गको १५७ रहेकामा घटेर १५५, दोस्रो वर्गको १५९ रहेकामा घटेर १५७ पुगेको छ भने तेस्रो वर्गको १६० बाट घटेर एक सय ५८ पुगेको छ।
नेपालपत्र संवाददाता