नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई राष्ट्रिय सहकारी महासंघले स्वागत गरेको छ । महासंघले सहकारी क्षेत्र लगायत समग्र अर्थतन्त्रलाई चलायमान बनाउने नीति आएको जनाएकाे छ । पहिलाे पटक माैद्रिक नीतिमार्फत सहकारी क्षेत्रका चुनाैति सम्बाेधन हुनुले सहकारी क्षेत्रकाे मनाेबल बढेकाे महासंघले जनाएकाे छ ।
अध्यक्ष ओमदेवी मल्लद्वारा जारी विज्ञप्तिमा बचत तथा ऋण सहकारी संस्थाहरूको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापनामा सहजीकरण गर्ने राष्ट्र बैंककाे उद्घोषले सहकारीप्रति विश्वासको वातावरण पुर्नस्थापित हुने महासंघको विश्वास रहेकाे उल्लेख छ ।
समस्याग्रस्त सहकारीका संचालक र एकाघरको परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका सदस्यको बचत रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने व्यवस्था मौद्रिक नीतिमा समावेश भएको छ । यसले समस्याग्रस्त सहकारीका बचतकर्ता सदस्यहरूको बचत फिर्ता सहज रूपमा हुने वातावरण सिर्जना भएको महासंघले जनाएको छ ।
विज्ञप्तिमा चालु मौद्रिक नीतिले चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै मौद्रिक नीतिका नीतिगत व्यवस्था पूर्ण कार्यान्वयन हुने अपेक्षा गरिएकाे छ ।
नेपालपत्र संवाददाता