शनिबार, आश्विन १७ गते २०८३

बिन्धवासिनी साकोसले एक लाख सदस्य र १० अर्ब काराेबार पुर्‍याउने

आश्विन १३, २०७८ बुधबार
बिन्धवासिनी साकोसले एक लाख सदस्य र १० अर्ब काराेबार पुर्‍याउने

 

बनेपा, काभ्रेपलाञ्चोक र काठमाडौ जिल्लाभर कार्यक्षेत्र रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल उक्त संस्थाले २८ औं वार्षिक साधारण सभाको समापन गरेको हो । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी बागमती सहकारी विकास बोर्डका सदस्य रामशरण घिमिरे, ज्ञान बहादुर तामाङ र प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा विशेष अतिथिका रुपमा रहेका थिए । 

कोरोना भाइरस महामारीको जोखिमको विषम परिस्थितिमा मध्यनजर गरी २०७८ असोज २ देखि ९ गते सम्म सदस्यलाई पायक पर्ने सेवा कार्यालय, सेवा केन्द्र एवं विभिन्न ठाउँबाट सदस्य उपस्थिति भेला गराई सोही स्थानबाट क्षेत्रगत साधारण सभा प्रतिनिधि चयन गरी २०७८ असोज ११ गते सम्पूर्ण सेवा कार्यालयमा एकै दिन क्षेत्रगत साधारण सभा संचालन गरी सोही सभाबाट निर्णय प्रमाणिकरणका लागि प्रतिनिधि छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा २८औं साधारण सभा समापन तथा निर्णय प्रमाणिकरण कार्यक्रम सम्पन्न भएको हो । 

सभामा आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा आ.व. २०७८।७९ को संशोधित र २०७९।८० को प्रस्तावित कार्यक्रम, आ.व. २०७७/०७८ को आर्थिक प्रतिवेदन तथा चालु आ.व. २०७८/७९को संशोधित र आगामी आ.व. २०७९/८० को प्रस्तावित बजेट तथा कार्यक्रम, आ.व. २०७७/०७८ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७७/०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, आ.व. २०७८/०७९ को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, पाँचौ त्रिवर्षीय व्यवसायिक रणनीतिक योजना, विनियम तथा नियमावली र कार्यविधि संशोधन, सहकारी एकिकरण र संरक्षित पुँजी फिर्ता कोष निर्देशिका २०७७ संशोधन २०७८ लाई सर्वसम्म्त रुपमा पारित गरिएको थियो ।

IMG_2526.JPG

साधारण सभा समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागमती सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले संस्थाले संचालन गरेका वित्तीय तथा गैह्रवित्तीय सेवाका बारेमा प्रशंसा गर्दै अब संस्थाले  सदस्यहरुबाट उत्पादित कृषि सामाग्री संकलन गरी सोको ब्रान्डिङ्ग एवं उद्यमशिलता गर्नुपर्ने र विकास बोर्ड पनि त्यसमा सहयोग गर्न तत्पर भएको प्रतिवद्धता जनाए । सो अवसरमा उनले उद्यमशिता विकास गरी   स्वरोजगारमुलक कार्यक्रमहरु संचालनलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । 

संस्थाले साधारण सभाको अवसरमा वागमती प्रदेश सहकारी विकास बोर्डको सम्मानित उपाध्यक्ष पदमा मनोनित भएका उपाध्यक्ष नारायण प्रसाद देवकोटा लगायत सहकारी बोर्डका सदस्यहरु रामशरण घिमिरे, उद्धव सापकोटा, शान्ति अधिकारी र ज्ञान बहादुर तामाङलाई कार्यकाल सफलताको सुभकामना सहित बधाई ज्ञापन गरेको छ । 

समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रेपलाञ्चोक तथा काठमाडौ जिल्ला भित्र १८९३ वटा समूह मार्फत ४१ हजार सात सय  ४४ जना शेयर सदस्य र ८ हजार २ सय ९४ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ५० हजार ३८ जना सेवाग्राहीलाई सहकारी सेवा प्रदान गरी  रु. ३८ करोड ५७ लाख १२ हजार शेयर पूँजी ,रु. २ अर्व ८१ करोड ८७ लाख ४८ हजार बचत तथा निक्षेप  र रु. २ अर्व ८७ करोड ९८ लाख ६२ हजार ऋण लगानीमा वाँकी रहेको  र रु. ३ अर्ब ८७ करोड ७२ लाख ८६ हजार कूल सम्पति पु¥याउन संस्था सफल भएको र पाँचौ त्रिवर्षीय व्यवसायिक योजना अनुसार आ.व.२०८१।८२ सम्ममा एक लाख पाँच हजार जनालाई प्रतिस्पर्धी सेवा प्रदान गरी रु. १० अर्ब १२ करोड ५१ लाख कारोबार गर्ने लक्ष्य लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि. लामाले जानकारी दिए ।   

संस्थाले वित्तीय कारोबार लगायत सदस्य सुरक्षण कार्यक्रम, लघुवित्त कार्यक्रम, लघु जीवन विमा, पशु विमा, बाली विमा, विपे्रषण, ज्ञानमा आधारित विशेष कृषि कार्यक्रम, स्थानीय तहको सहकार्यमा  व्याज अनुदान, सहुलियत ऋण, सामाजिक तथा सामुदायिक कार्यक्रमका साथै सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्वावलेट बैकिङ्ग, एटिएम सेवा, बैंक र संस्था बिच फण्ड ट्रान्सफर सेवा लगायतका कार्यहरु गर्दै आएको र राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट सहकारी पुरस्कार, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, उत्कृष्ट व्यवस्थापक पुरस्कार, उत्कृष्ट करदाता सम्मान,  अन्तर्राष्ट्रिय स्तरमा क्युमी अवार्ड, एक्सेस सिल्भर ब्राण्ड, कोभिड १९ को महामारीमा उत्कृष्ट सदस्य सम्मान २०७८ प्राप्त गरेको सभामा जानकारी दिइयो । 
संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठल स्वागत मन्तव्य, सचिव रामशरण भण्डारीले सभा सञ्चालन गरेका थिए । 

IMG_2570.JPG