शुक्रबार, कार्तिक ७ गते २०८३

बिन्धवासिनी सहकारीका १० हजार ६७१ सदस्यले गरे ३ अर्ब ४६ करोड ऋण उपभोग


श्रावण ८, २०८१ मंगलबार
बिन्धवासिनी सहकारीका  १० हजार ६७१ सदस्यले गरे ३ अर्ब ४६ करोड ऋण उपभोग


बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाबाट १० हजार ६७१ जना सदस्यले ऋण उपभोग गरेका छन् । संस्थामा आवद्ध  ५५ हजार ४९४ सदस्य मध्ये १० हजार बढीले ऋण लिएको संस्थाले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

 संस्थाले प्रकाशित गरेको गत आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार शेयर पुँजी ५२ करोड ८० लाख १४ हजार,साधारण जगेडा कोष ३६ करोड २७ लाख ५५ हजार , विभिन्न कोषहरु २१ करोड ८९ लाख ९४ हजार र कूल संस्थागत पुँजी ३६ करोड २७ लाख ५५ हजार पुगेको छ । शेयर पुँजी, जगेडा कोष र संस्थागत पुँजी सहकारी संस्थाको लागि बलियो आधारको रुपमा लिइन्छ । विन्धवासिनी सहकारीले यी तीनै  पक्षलाई बलियो बनाउँदै लगको छ ।

त्यसैगरी संस्थाले गत असार मसान्तसम्म ३ अर्ब ६८ करोड ५४ लाख २६ हजार बचत संकलन गरी ३ अर्ब ४६ करोड ३३ लाख २७ हजार ऋण लगानी गरेको छ । असार मसान्तसम्म संस्थमा २२ .१७ प्रतिशत अर्थात  ८१ करोड ७० लाख तरलता रकम रहेको प्रमुख कार्यकारी अधिकृत के.बि. लामा स्याङ्तानले हस्ताक्षर गरेको वित्तीय विवरणमा उल्लेख छ । संस्थामा शैक्षिक बाल बचतकर्ता ११ हजार २३९ जना रहेका छन् । संस्थाले बचत ऋणको साथै सदस्यहरुलाई विभिन्न सेवाहरु  प्रदान गर्दै आएको छ ।

संस्थाले सदस्य सुरक्षण कार्यक्रम समेत सञ्चालन गरेको छ । जसबाट सदस्यहरु लाभन्वित हुँदै आएका छन् । सदस्यहरुलाई स्वास्थ्य उपचार सुविधा, पारिवारिक मृत्यु समवेदना,सदस्य मृत्यु राहत, प्राकृतिक प्रकोप राहत,नवजात शिशु राहत र विशेष उपचार सुविधा  संस्थाले उपलब्ध गराउने गरेको छ । उक्त सुविधा अन्तर्गत जेष्ठ महिना सम्म १ हजार ७११ जना सदस्यले १ करोड ३५ लाख ७५ हजार रुपैयाँ  सुविधा प्राप्त गरेका छन् भने असार महिनामा  १६२ जना सदस्यले १२ लाख ६६ हजार रुपैयाँको सुविधा लिएको संस्थाले जनाएको छ ।