शनिबार, आश्विन १७ गते २०८३

एडुसन्जाल र  आइएमई पेबिच साझेदारी


श्रावण ८, २०८१ मंगलबार
एडुसन्जाल र  आइएमई पेबिच साझेदारी

 

नेपालको पहिलो डिजिटल वालेट  ‘आइएमई पे’ र शैक्षिक पोर्टल, एडु सन्जाल बिच  एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी दुई संस्थाबिच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो । साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एप मार्फत  एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको  एलएमएस(बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने छन्  ।  

यसको  अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने  रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइन(अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने आइएमई क्वीज नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने छन् ।

साथै आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ । यस सम्झौताबाट डिजिटल प्लेटफर्म मार्फत शिक्षाको लाभ उठाउन सकिने  र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने छ ।