हिमालय ऊर्जा विकास कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साउन २४ देखि शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न कम्पनीको भदौ ५ गतेसम्म वेदन दिन सकिने छ ।
असार १९ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर भर्न सक्नेछन् । १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगाावाटको अपर खिम्ती जलविद्युत् आयोजनामा ऋण रकम लगानी गरेको र सोको २ अर्ब ८४ करोड रुपैयाँ ऋण चुक्ता यहीं हकप्रदबाट प्राप्त रकमबाट गरिने कम्पनीले जनाएको छ ।
नेपालपत्र संवाददाता