शुक्रबार, कार्तिक ७ गते २०८३

शिवशिखर र तुलसी सहकारीका विभिन्न मार्टहरूबाट सामान लिइ बचत मिलान गर्न समितिकाे अपील


श्रावण २, २०८१ बुधबार
शिवशिखर र तुलसी सहकारीका विभिन्न मार्टहरूबाट सामान लिइ बचत मिलान गर्न समितिकाे अपील

समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारी संस्थाका बचतकर्तालाई ती संस्थाद्वारा सञ्चालित विभिन्न स्थानका मार्टहरुबाट सामान लिइ बचत फछर्यौट गर्न आव्हान गरिएको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, काठमाण्डाैले असार ३० गते एक सुचना प्रकाशित गरी शिवशिखर बहुउद्देश्यीय सहकारीले देशका विभिन्न १७ स्थानमा सञ्चालन गरेका र तुल बहुमुखी सहकारीले विभिन्न ४ स्थानमा सञ्चालन गरेका मार्टहरुबाट सामान लिइ दावी राफसाफ गर्न आउन बचतकर्ता, सरोकारवाला तथा अन्य व्यक्तिलाइ सूचित गरेको हो ।

सूचना जारी भएको मितिले १५ दिनभित्र मार्ट रहेका सम्बन्धित स्थानीय तहको सहकारी शाखा निवेदन दिन सूचनामा भनिएको छ।