शुक्रबार, कार्तिक ७ गते २०८३

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा एसिया अवार्ड्


आषाढ ३१, २०८१ सोमबार
हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा एसिया   अवार्ड्

 हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र   ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड् पाउन सफल भएको छ ।

 हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर,  सञ्जय अर्यालले भने, “यी अवार्डहरूले हामीलाई नयाँ मापदण्डहरू बनाउन र हाम्रा सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रेरित गरेको छ । हामीलाई यहाँसम्म आइपुग्न साथ दिनुहुने समस्त सेवाग्रही तथा साझेदारहरुप्रति आभार व्यक्त गर्न चाहन्छौँ।”

यी दुवै अन्तर्राष्ट्रिय अवार्डहरूले डिजिटल सेवाहरू र एनसेल, इसेवा र खल्ती जस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय  समावेशीकरणलाई प्रवद्र्घन गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको छ ।  यी उपलब्धिहरूले बीमा उद्योगमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियो बनाएको कम्पनीले जनाएको छ ।