आइतबार, आश्विन १८ गते २०८३

‘कमरेड पुष्पलाल र नेपालको किसान आन्दोलन’ संयुक्त सशक्त संघर्षले मात्र देश र किसान बचाउन सकिन्छ


आषाढ ३१, २०८१ सोमबार
‘कमरेड पुष्पलाल र नेपालको किसान आन्दोलन’ संयुक्त सशक्त संघर्षले मात्र  देश र  किसान बचाउन सकिन्छ
हाम्रो देश र जनताको मुक्ति र प्रगति तथा सुन्दर र सुनिश्चित भबिष्यको निम्ति कमरेड पुष्पलालले जुन मार्क्सबाद लेनिनबाद र माओबिचारधाराको  सबहार्रा बिश्व दृष्टिकोणको अबलम्बन गर्नु भएको थियो त्यो  सामान्तबादलाई समूल नष्ट  गर्ने, भारतीय एकाधिकार पूँजीवाद र एंग्लो - अमेरिकी साम्राज्यबादको नेपालमाथिको दख्खल हस्तक्षेप र शोषण उत्पीडनको अन्त्य गर्ने र समाजबादको पृष्ठभूमि निर्माण गर्न नयाँजनबादी क्रान्ति सम्पन्न गर्ने महत्वपूर्ण र नेपालको इतिहासलाई नै सर्बथा नयाँ मोड दिने  अपूर्ब बिचार थियो । 
 
त्यसलाई सही किसिमले बुझ्न र दृढताकासाथ पक्रिन नसक्दा उहाँमाथि जानी नजानी या निर्देशितरुपमा  गलत फत्तुर लगाएर उहाको बिरोध गर्दा कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुग्यो र  आज देश र जनता अझ ठूलो संकट र समस्याबाट गुज्रिरहेका छन् ।यसको गम्भीर समीक्षा गरेर यो  असफलताबाट सही शिक्षा लिन र सच्चा क्रान्तिकारी कम्युनिष्टहरु आम शोषित पीडित जनता खाशगरी  किसान जनतासँग एकाकार हुन सकेमा मात्र कमरेड पुष्पलालको जन्म शतबार्षिकी मनाएको सार्थक हुन्छ र उहाँँको सपना पनि वास्तवमा मूर्तरुपमा साकार हुन्छ अनि नेपाली जनताले मुक्ति पाउँदछन् । उक्त सामयिक र महत्वपूर्ण निष्कर्श कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समरोह समितिले यही असार २९ गते  राजधानीमा आयोजना गरेको सम्बाद कार्यक्रममा ‘कमरेड पुष्पलाल र नेपालको किसान आन्दोलन’ बिषयमा बोल्नु हुने बामपन्थी किसान नेताहरुले ब्यक्त गर्नु भएको हो ।
lN Subedi.jpg
 
कार्यक्रममा बोल्नु हुँदै र कार्यक्रम पनि सञ्चालन गर्नु हुँदै कमरेड पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य सचिव तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क. लोकनारायण सुबेदीले कमरेड पुष्पलाल १९८१ सालमा नेपालको रामेछाप जिल्ला भँगेरीमा जन्मनु भयो र २०३५साल साउन ७ गते भारतको नयाँ दिल्लीमा उहाँको देहाबसान भयो । जम्मा ५४ बर्षको जीवनमा उहाँ १५ बर्षकै किशोर उमेरदेखि नेपालको निरंकुशता बिरोधी राणाशाही र शाहशाही बिरोधी  आन्दोलनमा आजीवन लाग्नु भयो । नेपालको सामन्ती र पूजीबादीको हातमा मात्र सीमित रहेको राजनीतिलाई शोषित पीडित श्रमजीबी बर्गको हातमा ल्याउनु हुँदै १५ सेप्टेम्बर १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको संगठन गर्ने युगान्तकारी कदम उहाँले चाल्नु भएको थियो । माक्र्सबाद लेनिनबाद र माओबिचारको श्रमजीवी जनताको झण्डालाई नेपालमा भित्र्याउने, जनतालाई सचेत तुल्याउन जन बर्गीय संगठनहरुको निर्माण र राष्ट्रिय जनातन्त्रिक मोर्चाहरुको गठन गर्ने र कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने काम गर्नु भयो । त्यसैबेलादेखि उहाँमाथि बिरोधी शक्तिहरुले पार्टी बाहिरबाट सबै किसिमले हमला गर्नुृ त ठिकै थियो तर पार्टीभित्र नेतृत्वपंक्तिबाटै पनि उहाँमाथि अनर्गल फत्तर लाउने र बिरोध गर्ने र भ्रम फैलाउने क्रम  निरन्तर जारी रह्यो । तर कमरेड पुष्पलाल अडिगरुपमा सिद्धान्तनिष्ठ किसिमले आजीवान सामन्तबाद तथा साम्राज्यबाद बिरोधी आन्दोलनलाई नेतृत्व प्रदान गर्दै रहनु भयो । उहाँ किसान बर्गलाई सामन्तबाद  र साम्राज्यबादबाट मुक्त नगरी नेपालको राष्ट्रिय समस्य हल हुँदैन भन्ने कुरामा प्रष्ट र दृढ हुुनुहुन्थ्यो । आजको देश र  जनताको नाजुक स्थितिले पनि यो यथार्थलाई प्रष्ट दशाई रहेको छ भन्नु भयो  । 
Sharan.jpg
कार्यक्रममा आमन्त्रित किसान नेता तथा उपस्थित किसान प्रतिनिधि एबं महिला तथा सज्जनबृन्दलाई स्वागत गर्नु हुँदै क. पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव एबं २०३६ सालको संयुक्त बिद्यार्थी आन्दोलनका नेता क. शरणबिक्रम मल्लले कमरेड पुष्पलालले पार्टीलाई किसान आन्दोलनमा केन्द्रित गनुृपर्ने र त्यस आधारमा नयाँ जनबादी आन्दोलनलाई अघि बढाउनु पर्ने आधारभुत बिषयमा हमेशा ध्यान केन्द्रित गर्नु भएको औैंल्याउँदै अहिले पनि बर्तमान बस्तुस्थितिलाई सही अर्थमा बुझेर  किसान आन्दोलनलई एकजुट रुपमा उठाउन क्रान्तिकारी कम्युनिष्टहरु पुनः पुष्पलालको बिचारको वरिपरी केन्द्रित हुनुुको कुनै बिकल्प छैन भन्नु भयो । किसान समस्या हल नभई राष्ट्रिय समस्या हल नहुने कमरेड पुष्पलालको यथार्थ त्यसरी मात्र साकार पार्न सकिन्छ भन्ने उहाँको निष्कर्श थियो । 
download (8).jpeg
माक्र्सबादी चिन्तक,लेखक तथा क्रान्तिकारी किसान  महासंघ नेपालका अध्यक्ष कमरेड सीताराम तामाङ्गले पुष्पलाल एक सच्चा क्रान्तिकारी कम्युनिष्ट नेता माक्र्सबादका ज्ञाता, सामाजिक अनुसन्धाता र अध्ययनकर्ता तथा नेपाली कम्युनिष्ट आन्दोलनका ध्रुुबतारा हुनु हुन्थ्यो भन्नु हुदै नेपाली सपूत महान गौतम बुद्ध पछि नेपाली समाजको सुक्ष्म र गम्भीर अध्ययन र परिबर्तनका लागि लागिपर्ने पुष्पलालजस्तो अर्को नेता आफुले नपाएको कुरा ब्यक्त गर्नु भयो ।  रामबहादुर ज्यापुको नामबाट कमरेड पुष्पलालले ८ सालदेखि १३ सालसम्म देशमा चलेको तुफानी  किसान आन्दोलनको जुन  सुक्ष्म र गहिरो अध्ययन अनुसन्धान गर्नु भएको छ कम्युनिष्ट र किसान आन्दोलनमा लागेका सबैले पढ्नु पर्ने महत्वपूर्ण पुस्तिका छ भन्ने पनि उहाँले औंल्याउनु भयो । आफुले पुष्पलालको अध्ययन र  अनुसन्धानबाटै प्रेरणा पाएर लेखन र अनुसन्धानमा लाग्न थालेको पनि उहाँले बताउनु भएको थियो । 
download (3).jpeg
किसान क्षेत्रमा अध्ययन र  काम गरिरहनु भएका अखिल नेपाल किसान महाँसंघका उपाध्यक्ष प्राध्यापक डा. केशबराज खड्काले क. पुष्पलालको नेतृत्वमा काम गर्दाका अनुभवहरु समेत सुनाउँनु हुँदै उहा शालीन, भद्र र निरन्तर अध्ययनशील नेता त हुनुहुन्थ्यो नै कमरेड पुष्पलाल नेपालको नयाँ जनबादी क्रान्ति र किसान आन्दोलनका बारेमा सही दृष्टिकोण र बिचार प्रस्तुत गर्ने एक सिद्धान्तनिष्ठ, अबिचलित र क्रान्तिकारी माक्र्सबादी नेता हुनुहुन्थयो भन्ने कुरा प्रष्ट पार्नुृ आजको र भावी पुस्ताले समेत उहाबाट सिक्नु पर्दछ र सही परिप्रेक्षमा सही किसिमले आन्दोलन उठाउनु पर्दछ भन्नुभयो ।
download (5).jpeg
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव कमरेड नहेन्द्र खड्काले नेता होइन, नीति प्रधान हुन्छ भन्ने कमरेड पुष्पलालको चिन्तन, बिचार, दृष्टिकोण र सिद्धान्त पढ्दा र बुझ्दा उहाँ एक सच्चा र अबिचलित माक्र्सबादी नेता र अग्रज क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । कार्यनीतिका सबालमा पनि उहाँको नीति सही थियो  भन्ने आफुलाई लागेको प्रष्ट पार्दै उहाँको क्रान्तिकारी जीवनको आरम्भ पनि लेनिनकै जस्तो देखिन्छ । लेनिनका दाजु अलेक्जेण्डरलाई त्यसबेलाको जारशाहीले हत्या गरेपछि लेनिन कम्युनिष्ट आन्दोलनमा लाग्नु भएजस्तै कमरेड पुष्पलाल पनि आफ्ना दाजु महान शहीद गंगालाललाई राणाशाहीले हत्या गरेपछि नेपाली जन आन्दोलन हुँदै कम्युनिष्ट आन्दोलनमा लाग्नु भएको र निरन्तर त्यसलाई क्रान्तिकारी दिशा र गति दिन  कस्तै कठिन परिस्थितिमा पनि अबिचलितरपमा लागि पर्नु भएको र नेपाललाई नयाँ जनबाद हुुँदै बैज्ञानिक समाजबादमा पदार्पण गराउन बिश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्र नेपालीमा अनुबाद गर्दादेखि नै आजीवन लाग्नु भएको देखिन्छ । हामीले उहाँको क्रान्तिकारी धारलाई पक्रेर अघि जान सकेमात्र किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनलाई पनि सही दिशामा एकीकृत र शक्तिशाली तुल्याउन सकिन्छ भन्नु भयो  । आफुले कमरेड पुष्पलालले मनमोहन चीन गएका बेला जुन एक्टिङ्ग महासचिवको पद लिन चाहनु भएन त्यसले गर्दा गलत मानिसको हातमा नेतृत्व गएको हो कि भन्ने लागेको लागेको बाहेक अरु कने बैचारिक, सैद्धान्तिक र राजनीतिक र गल्ती कुनै दस्ताबेजहरुमा पाएको छैन भन्नु भयो ।
download (7).jpeg
अखिल नेपाल किसान महासंघ (अप्फा)का केन्द्रिय सदस्य कमरेड केवी घलेले कमरेड पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलन र किसान आन्दोलनमा दिएको योगदान ऐतिहासिक र महत्वपूर्ण छ भन्ने कुरा राख्नु हुुुँदै उहाको सही मूल्यांकन गर्न सक्दा मात्र किसान र कम्युनिष्ट आन्दोलनलाई सही किसिमले अगाडि बढाउन सकिन्छ र हामी सबै त्यसै दिशामा अग्रसर र एकताबद्ध हुनुपछृ भन्नु भयो । 
अखिल नेपाल प्रगतिशील किसान सघका अध्यक्ष कमरेड दुर्गाप्रसाद जैसीले कमरेड पुष्पलालले देखाउनु भएको क्रान्तिकारी बाटोबाट अगाडि नबढीकन किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अघि बढाउन सकिदैन भन्नु हुँदै ६ किसान संगठनले उठाएका मागहरु पूरा नगरी देशका यावत समस्याहरु पूरा नहुने कुरा प्रष्ट पार्नृुका साथै किसानका समसया हल नभए देश अझ बढी परनिर्भरताको पासोमा पर्ने कुरा औंल्यानु  भएको थियो । 
download (4).jpeg
अखिल नेपाल प्रगतिशील किसान सघका अध्यक्ष कमरेड दुर्गाप्रसाद जैसीले कमरेड पुष्पलालले देखाउनु भएको क्रान्तिकारी बाटोबाट अगाडि नबढीकन किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अघि बढाउन सकिदैन भन्नु हुँदै ६ किसान संगठनले उठाएका मागहरु पूरा नगरी देशका यावत समस्याहरु पूरा नहुने कुरा प्रष्ट पार्नृुका साथै किसानका समसया हल नभए देश अझ बढी परनिर्भरताको पासोमा पर्ने कुरा औंल्यानु  भएको थियो । 
download (9).jpeg
क्रान्तिकारी  किसान महासंघ नेपालका महासचिव धनेश्वर पोखरेलले क्रान्तिकारी धारबाट कम्युनिष्ट आन्दोलनलाई बिचलित तुल्याइदा र अहिलेसम्म भएका जन आन्दोलनहरु पनि सबै सम्झौतामा टुंग्याइदा किसान आन्दोलन पनि अघि बढ्न नसकेको र देशको राष्ट्रियता, जनतन्त्र  र जनजीबिकाका समस्याहरु पनि झन जटील बन्दै गएको औंल्याउनु हुँदै २०३४ सालतिर ‘‘गद्धार पुष्पलाल’’ दोहोर्याइ दोहोर्याई पढ्दा मनमा चीसो पसेको थियो । कमरेड पुष्पलालको क्रान्तिकारी  जीवन र कर्मले त्यसलाई गलत साबित गरिसकेको छ भन्नु भयो । आज देशको स्थिति र बाह्य हस्तक्षेप जसरी बिकरालरुपमा गलत दिशामा बढ्दै र नाजुक तथा धरासायी हुँदै गएको छ त्यसलाई सही किसिमले क्रान्तिकारी शक्तिले नसम्हाले हो भने अब मानिसहरु घरघरबाट हतियार लिएर सडकमा निस्कनुपर्ने दिन आउँछ भन्ने चेतावनी पनि उहाँले  दिनु भयो । 
download (2).jpeg
अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव तथा सयुक्त किसान संघर्ष समिति बागमती प्रदेशका संयोजक क. भरत प्रसाद फुँयालले कमरेड पुष्पलालले अघि सार्नु भएको तीन ‘स’को सिद्धान्त ‘सिद्धान्त, संगठन र संघर्ष’लाई दृढताकासाथ पक्रेर अघि बढ्ने हो भने मात्र देश र जनताका समस्या सही किसिमले समाधान गर्न अघि बढ्न सकिन्छ भन्ने कुरा प्रष्टरुपमा राख्नु हुँदै सही नीति अघि सारेर आन्दोलनबाटै एकताको खोजी गर्नु पर्दछ र त्यसरी मात्र कमरेड पुष्पलालले भन्नु भएको नेता होइन नीति प्रधान हुन्छ भन्ने कुरा पनि सार्थक हुन्छ भन्ने कुरा औल्याउनु  भयो ।
download (1).jpeg
क्रान्तिकारी  किसान महासंघ नेपालकी केन्द्रिय सदस्य तथा कार्यालय सचिव गंगादेबी राईले पनि जबसम्म किसानका समस्या हल हुँदेनन् तबसम्म देशको समस्या पनि हल हुँदैन भन्नु हुँदै हामीले अघि सारेका ६५ सुत्रीय मागहरु किताबमा सजाउने बिषय मात्र बनिरहेकोले किसान र देशकै समस्या जटील बन्दै गएको उहाँले पनि औंल्याउनु हुँदै सशक्त किसान आन्दोलनको आवश्यकता दर्शाउनु भयो ।
download.jpeg
अर्की महिला नेतृ अखिल नेपाल किसान महासंघकी केन्द्रिय सचिव शर्मिला पौडेलले जोड दिदै भन्नु भयो – देश र जनताका  समस्या सही किसिमले समाधान गर्ने हो भने अहिले देशमा आएका बिचलनकारी प्रबृत्तिहरुलाई चिर्दै यो शत बार्षिकीको अवसरमा कमरेड पुष्पलालको क्रान्तिकारी बाटोमा हिड्ने प्रण गरौं त्यो नै किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनको  एकताको सही बाटो हो भन्ने आह्वान गर्दै र गम्भीर प्रतिबद्धता जनाउँँदै पुष्पलालप्रति श्रद्धा सुमन ब्यक्त गर्नु भयो ।
 
FB_IMG_1650232434068.jpg
कार्यक्रमको अन्त्यमा सबै आमन्त्रित किसान नेताहरु र उपस्थित महानुभावहरु सबैलाई धन्यबाद दिदै यो महत्वपूर्ण र ऐतिहासिक कमरेड पुष्पलालको शत बार्षिकीका सन्दर्भमा देश र किसानका समस्या तथा देशको चिन्ताजनक स्थितिका बारेमा अत्यन्तै महत्वपूर्ण र गहन बिचार आजका बक्ताहरुले राख्नु  भयो यसले किसान आन्दोलनलाई सशक्त तुल्याउन, नेपालको कम्युनिष्ट आन्दोलनलाई सही बाटामा ल्याउन भुमिका खेल्न सक्नु पर्दछ भन्ने भावना ब्यक्त गर्दै कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समिति सदस्य महिला नेतृ कमरेड सीता सुबेदीले सभाको समापन गर्नु भयो । 
 
अन्तर्राष्ट्रिय धून बजाउदै र कमरेड पुष्पलाललाई क्रान्तिकारी सलामी दिदै शुरु गरिएको यस महत्वपूर्ण  कार्यक्रमको आरम्भमा  देशकोसाम्राज्यबाद बिरोधी आन्दोलन, जनतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा शहादत प्राप्त गर्ने बीर अमर शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दै एक मिनट मौन धारण गरिएको थियो भने कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई शत बार्षिकी टोपी र कमरेड पुष्पलाल शत बर्षिकी क्यालेण्डर पनि प्रदान गरि सम्मान गरिएको थियो ।