आइतबार, आश्विन १८ गते २०८३

त्रिशुलीमा खसेका दुबै बस भेटिएका छैनन् अबिरल बर्षाको कारण बाढी पहिरोले १०३ जनाको मृत्यु १०९ जना घाइते

आषाढ २८, २०८१ शुक्रबार
त्रिशुलीमा खसेका दुबै बस भेटिएका छैनन् अबिरल बर्षाको कारण बाढी पहिरोले १०३ जनाको मृत्यु १०९ जना घाइते

आज बिहानको राती काठमाण्डौबाट गौर जाादै गरेको र  बीरगञ्जबाट काठमाडौ आउँदै गरेकाे दुइ बस त्रिशुलीमा खसेर बेपत्ता भएका र ती दुइटा यात्री बस सेना, सशस्त्र प्रहरी, प्रहरी र गोताखोर मिलेर दिनभरी खोज्दा पनि फेला परेनन्। भोली बिहानदेखि फेरि खोजी कार्य हुने जनइएको छ । ति दुबै बसमा गरेर ६५ जना यात्रु रहेको बताइएको छ । 

 देशमा आएको निरोधार वर्षाका कारण् जेठ २८ यता देशका विभिन्न भागमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ भने एक सय नाैजना घाइते भएकाे कुरा केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको हाै ।

 समाचारकक्षका अनुसार बाढी पहिरोलगायत प्राकृत्तिक बिपत्तीमा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, वाग्मती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी अहिलेसम्म्म एक सय तीन जनाको मृत्यु भएको हो ।

mugling.jpg
त्यरी ने काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ८ जना, वाग्मती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय नौ जना घाइते भएका छन् ।

यस क्रममा कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, वाग्मती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी छ जना बेपत्ता भएका छन् । वेपत्ताको खोजी जारी छ ।

badhi.png

बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन् । एक सय ८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ४७ परिवार विस्थापित भएका छन् ।