आइतबार, आश्विन १८ गते २०८३

पुरुष, महिला राष्ट्रिय भलिबल उपाधि च्याम्पियनसिप : उदाएका ताराहरु बिदेस उड्ने


आषाढ २०, २०८१ बिहीबार
पुरुष, महिला राष्ट्रिय भलिबल उपाधि च्याम्पियनसिप : उदाएका ताराहरु बिदेस उड्ने

- सीताराम थापा
 
काबा महिला पुरुष अन्तराष्ट्रिय भलिबल प्रतियाेगितामा सहभागी हुन यु - २० राष्ट्रिय भलिबल टाेली बाट छनाैट भएपछि राष्ट्रिय स्तरमा खेलेका खेलाडी माल्दिभ्स उड्ने अवसर युवाहरुले पाउने भएका छन्।
माल्दिभ्समा हुने अन्तराष्ट्रिय प्रतियाेगिताकाे लागि यु - १९ सम्पन्न महिला, पुरुष  टाेली बाट १२/१२ जना खेलाडी तथा बैकल्पिक खेलाडी प्रशिक्षक, ब्यवस्थापक सहित जान पाउने भयका हुन्। माल्दिभ्समा  हुने प्रतियाेगिता यहि असार ३१ गते देखि साउन ९ गतेसम्म माल्दिभ्सकाे राजधानी मालेमा भब्य रुपमा हुँदै छ 

kheladi4.jpeg

 यस्कै लागि यु-१९ राष्ट्रिय भलिबल खेलेर अन्तराष्ट्सम्म पुग्ने भनेपछि गाउँ गाउँ र बिधालय कलेजमा खेल्ने गरेका  युवा भलिबलकाे लागि जुर्मुराएर उठे। यसकाे लागि प्रदेश भलिबल संघले खेल आयाेजना गरि छनाैट भएका खेलाडी लिएर राजधानीकाे राखेपकाे कभर्ड हलमा जान्छन् ।
उता साहाना प्रधान फाउन्डेसन र नेपाल भलिबल संघले महिनाै लगाएर सभ्य र भब्य  तयारी गरिसकेकाे हुन्छ।
राष्ट्रिय भलिबल भनएता पनि खेलकुद मन्त्रालय र सराेकारवाला निकाय बाट सहयाेग नहुदा यु-१९ राष्ट्रिय भलिबल आजसम्म हुन नसकेकाे अन्तराष्ट्रिय रेफ्रि बिकास गुरुङ बताउछन्।

khedali.jpeg
राखेप कभर्ड हलमा प्रधानमन्त्रीबाट समउद्घाटन गरिएर पुष्पलाल स्मृति दिवसकै दिन पुर्व प्रधान मन्त्री माधब नेपालबाट समापन गरिएकाे खेल ७ दिन सम्म सातै प्रदेशकाे महिला पुरुष भलिबल प्रतियाेगिताकाे उपाधिकाे च्याम्पियनसिप बन्न युवा युवतिहरुकाे प्रतिष्पर्धा चलिरहन्छ। 
नेपालकाे राष्ट्रिय खेल भलिबल यु-१९ काे लागि साहाना प्रधान प्रतिष्ठानकाे स्मृति र सहयाेगमा नेपालमा पहिलाे पटक खेल्ने अवसरमा पुरुषमा गण्डकी प्रदेस र महिलामा बाग्मति प्रदेसले उपाधि चुम्न सफल भई च्याम्पियनसिप भएकाे अन्तराष्ट्रिय रेफ्रि तथा खेल संयाेजक बिकास गुरुङ घाेषणा गर्छन्।

kheladi3.jpeg

गण्डकी प्रदेशकाे सिनियर टिम मात्र नभएर जुनियर टिमकाे खेलाडी अब्बल युवा पुस्ता निस्कियएकाे गण्डकी प्रदेशकाे चर्चित काेच एवं प्रशिक्षक सुरेन्द्र के. सि. जानकारी दिन्छन्। यसाे त गण्डकी प्रदेशबाट थुप्रै खेलाडी जन्माउन प्रशिक्षक सुरेन्द्र केसिकाे उल्लेखनीय याेगदान रहेकाे र उनले पटक पटक पाएकाे सम्मान र पुरस्कृत हुनुले स्वयं प्रमाणित छ।
महिला टिमकाे उपाधि उचाल्न सफल बनाउने न्यू डायमण्डकाे कुमार राईकाे पनि केसि जस्तै महिला खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका रहेकाे भलिबल संघले जनाएकाे छ।

यु-१९ काे भलिबलमा उप बिजेता र तेश्राे स्थान चुम्न सफल पुरुषमा क्रमश लुम्बिनी र सुदुर पश्चिम बनेकाे छन्।
यसै गरी महिलामा उप बिजेता र तेश्राे हुन सफल लुम्बिनी र गण्डकी प्रदेश रहेका हुन्।

उपाधि संगै गण्डकी र बाग्मती प्रदेश टिमले ३ लाख उप बिजेताले २ लाख तेश्राे हुने लाई १ लाख साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेकाे गण्डकी प्रदेशकाे खेलाडी सुर्य बिकले बताएका छन्।

द्षमथबचतजष.jpeg
खेलमा पुरुषमा गण्डकी प्रदेशकाे बिश्वास अधिकारी र बाग्मती प्रदेशकाे जेनिसा बि.क. सर्बाेत्कृष्ट खेलाडी छनाैट हुदा हर्षित भएका थिय। उसाे त बिश्वास अधिकारी लाई आफ्नै गाउमा पनि सम्मान गरेका छन्। खेलमा उनिहरले उत्कृष्ट खेल प्रदर्शन गरेकाे उत्कृष्ट प्रशिक्षकद्वय रमेश केसि र कुमार राई बताउछन्।

भलिबलमा सर्बाेत्कृष्ट खेलाडीलाई २५ हजार बिधागत खेलाडीहरु लाई १० हजारका दरले सम्मान गरिएकाे थियाे।
पुरस्कार राशि महिला पुरुष दुबै लाई समान रुपमा उपलब्ध गरेकाे साहाना प्रधान प्रतिष्ठानकाे अध्यक्ष रामकुमारी झाक्रीले बताउछिन्। उनी थप्छिन्, आगामि दिनमा पनि भलिबल खेलमा नेपाल भलिबल संघ संग मिलेर निरन्तरता दिने उनकाे कथन छ।

सर्बाेत्कृष्ट खेलाडीहरु:

क. बिधागत उत्कृष्ट पुरुष:
१. सर्बाेत्कृष्ट खेलाडि - बिश्वास अधिकारी ( गण्डकी प्रदेश) 
२. उत्कृष्ट स्पाईकर- सागर रसाईली ( लुम्बिनी प्रदेश)
३. उत्कृष्ट सर्भर- सुर्य बि.क. ( गण्डकी) 
४. उत्कृष्ट लिबेराे- जित बहादुर सार्की ( गण्डकी) 
५. उत्कृष्ट ब्लकर- अर्जुन नेपाली ( सुदुर पश्चिम) 
६. उत्कृष्ट सेटर- दिपेश कुवर ( लुम्बिनी) 

ख. बिधागत उत्कृष्ट महिला :
१. सर्बाेत्कृष्ट - जेनिसा बि. क. ( बागमती) 
२. स्पाईकर - सलिना बुढा मगर( बागमती) 
३. सेटर- भावना तामाङ ( बागमती) 
४. लिबेराे- एन्जिला प्रधान ( बागमती) 
५. सर्भर - साेईङ थापा ( गण्डकी) 
६. ब्लकर- निशा चाैधरी ( लुम्बिनी) 

उदायका नव उदीयमान ताराहरु:

यु - १९ उमेर समुहकाे राष्ट्रिय भलिबल प्रतियाेगिता हेर्दा उदएका ताराहरु देखियाे।
प्रत्यक प्रदेश बाट आएका खेलाडीकाे उत्साहा जनक खेल हेर्दा उदायका ताराकाे रुपमा पाएकाे नेपाल भलिबल संघका पदाधिकारीहरु बताउछन्।
साथै उपाधि हासिल गरेकाे गण्डकी  बाग्मती तथा उप बिजेता  बनेका बाग्मती र लुम्बिनीका प्राय सबै खेलाडी चम्किलाे नव उदायिमनन खेलाडि हुन्। 
यस भित्र पनी बिधागत उत्कृष्ट खेलाडि हरु विशेष उदयमान खेलाडी हुन् भन्ने प्रमाणित हुने गण्डकी प्रदेस तगा नेपालकै कुशल प्रशिक्षक रमेश केसि बताउछन्।
उनिभनछन् ,यस मध्ये सर्बाेत्कृष्ट खेलाडी बिश्वास अधिकारी र जेनिशा बिक त राष्ट्रिय टिममा उदायका छन उनिहरु उत्कृष्ट खेलाडि हुन्। सानाे उमेर भयपनी उत्कष्ट लिबराे जित बहादुर बि.क. लगायत थुप्रै खेलाडी गण्डकीमा एक से एक उदायका छन्।  यस बाहेक गण्डकीका सुर्य बि.क. जस्ता ठूलै संभावना बाेकेकाे खेलाडी राम्राे प्रशिक्षण पाएर अगाडि बढिरहेमा राष्ट्रिय खेलाडी बन्ने केसिले बताए।  सुर्य बिक पनि निरन्तर खेलेर राष्ट्रिय खेलाडी बन्ने चाहाना रहेकाे बताउछन्। गण्डकी प्रदेश अन्तर्गत बागलुङकाे गल्काेटका खेलाडी सुर्य बि. क. र राेल्पाकाे सलिना बुढा मगर । उनिहरु सबैकाे चाहाना छ, नेपालकाे जर्सि लगायर देस बिदेसमा खेल्ने।
-*सीताराम थापा विशेष प्रतिनिधि एवं सामाजिक अभियान्ता हुन्।