शुक्रबार, कार्तिक ७ गते २०८३

एउटा मात्रै संघ वा संस्थामा सञ्चालक बस्न पाइने, विभागले दियो ३० दिनको समयसीमा


आषाढ १९, २०८१ बुधबार
एउटा मात्रै संघ वा संस्थामा सञ्चालक बस्न पाइने, विभागले दियो ३० दिनको समयसीमा

 

सहकारी विभागले कुनै व्यक्ति सहकारी एक भन्दा बढी संघ वा संस्थामा सञ्चालक रहेको भए सूचना जारी भएको मितिले ३० दिनभित्र त्याग्न निर्देशन दिएको छ । 

सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा ५ मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने व्यवस्था रहेकोले सो को पूर्ण परिपालना गर्नुगराउनु भन्दै रजिष्ट्रार पिताम्बर घिमिरेले निर्देशन जारी गरेका हुन् । 

दि कुनै व्यक्ति दुई वा सो भन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्नेछ । अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाईने जनाइएको छ ।

सहकारी संस्था भन्नाले संस्था वा संघ सम्झनुपर्दछ र सो शब्दले सहकारी बैंक समेतलाई जनाउँने निर्देशनमा स्पष्ट पारिएको छ । सञ्चालक भन्नाले सहकारी ऐनको दफा ४१ को उपदफा १ बमोजिमको सञ्चालक समितिको सदस्य सम्झनुपर्ने र सो शब्दले समितिको पदाधिकारीलाई समेत जनाउँने उल्लेख छ।

bivag notice.jpg