बुधबार, भाद्र ३ गते २०८३

बिद्यालय स्तरीय हस्तलेखन प्रतियाेगिता:  आदर्श बिधामन्दिर प्रथम


आषाढ ७, २०८१ शुक्रबार
बिद्यालय स्तरीय हस्तलेखन प्रतियाेगिता:  आदर्श बिधामन्दिर प्रथम


"बालबालिकाले गरेकाे लगानि, ल्याउछ सुन्दर बिहानी" भन्ने मूल नाराकाे साथ बागलुङ बिद्यालय स्तरीय हस्तलेखन प्रतियाेगितामा आदर्श बिद्यालयप्रथम हुँदै सम्पन्न भयकाे छ।

बालमैत्री नगरपालिका घाेषणा कार्यान्वयनकाे लागि आयाेजित प्रतियाेगितामा संस्थागत, र सामुदायिक गरि ९ वटा चर्चित बिधालयहरुकाे सहभागिता रहेकाे थियाे। बागलुङ नगरपालिका वडा नं. ३ काे बाल मैत्री समिति आयाेजना तथा बिधा मन्दिर माबिकाे समन्वयमा सम्पन्न प्रतियाेगितामा आवशिय,- आदर्श बिधा मन्दिर माध्यामिक बिधालय(AVM) सर्बाेत्कृष्टहासिल गर्दै प्रथम हुन सफल भयकाे हाे। 

कम लागतमै बागलुङकाे बालबालिकाकाे शिक्षा  र अतिरीक्त क्रियाकलापमा नतिजामुखि गुणस्तर कायम गर्ने उधेश्य राखेकाे आदर्श मन्दिर बिधालयले यस अघि पनि बिधालय स्तरिय फुटबल प्रतियाेगितामा उपाधि र द्वितीय दुबै हात पारेकाे आदर्श बिधामन्दिरले हस्तलेखनमा उत्कृष्ट नतिजा हात पारेकाे बागलुङका बिधामन्दिर माबिका शिक्षक कुलराज शर्माले जानकारी दिए ।

"हाम्राे आदर्श बिधालयकाे अनुसाशित, लगनशिल र अध्ययनशिल छात्रा मानबि आचार्य हस्तलेखनमा सर्बाेत्कृष्ट भईन" बिधालयका प्रचार्य भुपेन्द्र केसिले बताए  ।