शुक्रबार, कार्तिक ७ गते २०८३

पूँजी डरपोक हुन्छ; यो भ्रष्ट, खराब नीति, द्वन्द्व तथा अनिश्चितताबाट भाग्दछ; रोग, अशिक्षा र अज्ञानतालाई त्याग्दछ - कोलिन पावेल


आषाढ ६, २०८१ बिहीबार
पूँजी डरपोक हुन्छ; यो भ्रष्ट, खराब नीति, द्वन्द्व तथा अनिश्चितताबाट भाग्दछ; रोग, अशिक्षा र अज्ञानतालाई त्याग्दछ - कोलिन पावेल

‘सफलताको कुनै रहस्य हुँदैन । यो त असल तयारी, कडा परिश्रम र विफलताबाट सिकेको पाठको नतिजा हो’

कोलिन लुथर पावेल (१९३७–२०२१) जमैकन (अमेरिकाकै पूर्ववर्ती क्यारेबियन क्षेत्र) मूलका अमेरिकी राजनेता, बाह्रौँ अमेरिकी सेनाध्यक्ष (१९८९–१९९३) तथा सेवानिवृत्त चारतारे जनरल हुन् । ‘पावेल नीति’ का कारणले पनि यिनी चर्चित छन् । ‘सफलताको कुनै रहस्य हुँदैन । यो त असल तयारी, कडा परिश्रम र विफलताबाट सिकेको पाठको नतिजा हो’ भन्ने यिनको मान्यता छ ।
अमेरिकी सेनामा ३५ वर्ष सेवा गरेका यिनलाई अत्यन्त प्रभावशाली जनरलका रुपमा लिइन्छ । कुनै अफ्रिकी मूल (उनका पुर्खा अफ्रिकाबाट आई जमईकामा बसोबास गरेका) को अमेरिकी सेनाध्यक्ष हुने उनी नै पहिलो व्यक्ति हुन् । यिनले १९५८ देखि १९९३ सम्म अमेरिकी सेनामा सेवा गरे । त्यो अवधिमा ३४ उच्च पदक पाए, जसमध्ये १६ वटा पदक जोसुकैले चिताउन नसक्ने खालका, र ७ वटा विदेशी उच्च पदक छन् ।
यिनी भियतनाम युद्ध, पनामामाथि अमेरिकी हमला (१९८९), पर्सियन खाडी युद्ध (१९९०-९१) जस्ता २८ वटा संकटहरूको समाधानमा सरिक भए । २०००–२००५ को अवधिमा यिनी ६५ औँ (पहिलो अश्वेत) विदेश मन्त्री भए । सेनामा हुँदै उनी कतिसम्म प्रभावशाली भने सीआईएको निर्देशक लगायत अनेकौँ आकर्षक प्रशासनिक पदहरूमा उनलाई अफर गरियो, तर उनले सेना छोडेर त्यता लाग्न मानेनन् ।
दुई छोरी र एक छोराका यी पिता भियतनाम गएको बेला खुट्टामा घाइते भए, हेलिकप्टर दुर्घटनाबाट पनि बाँचे । तर पनि आफ्नो मिशन बीचैमा छोडेनन् । २०१६ मा उनी राष्ट्रपति उम्मेद्वार नभए पनि ३ वटा इलेक्टोरल कलेजका भोट पाएका थिए ।
पावेल रिपब्लिकन पार्टीका भएपनि उनी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि रुष्ट भएर २०२१ मा भएको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प का प्रतिष्पर्धी जो बाईडेनलाई मत दिए। ट्रम्कै गतिविधिको काण उनी लगायतका १७ जना रिपब्लिकन पार्टीका प्रभावशाली नेताहरू डेमोक्रेटिक पार्टीमा प्रवेश गरे । तर २०२१ अक्टोबरमा मल्टिपल माईलोमा र प्रारम्भिक पार्किन्सन्स समस्या ले ८४ वर्ष उमेरमा उनको निधन भयो ।
माओवादी द्वन्द्वको उत्कर्षकाल, २०५८ माघ ५ गते उनी नेपाल आएर सोझै काठमाडौँ–भद्रकालीस्थित जङ्गी अड्डा गएका थिए । त्यो बेला पाकिस्तानका मुसर्रफ सैनिक शासनको बेला भारतले २० कुख्यात आतंककारीहरू भारतलाई सुपुर्दगी गर्ने हङ्गमादार माग गरिरहेको थियो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबासँग भेटघाट गरेपछि आयोजित पत्रकार सम्मेलनमा एक प्रश्नको उत्तर दिँदै उनले भनेका थिए, “आतंककारी गतिविधिका बिरुद्ध तपाईँ (नेपाली युवा) हरू लाग्नुपर्छ, र आफ्नो सरकारलाई सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि रचनात्मक हुनाको साथै कर्मचारीको भार कटौतीमा दबाब दिनुपर्छ, अर्थतन्त्रलाई अग्रगति दिन अर्थब्यवस्थाको विविधीकरण गर्नुका साथै जलविद्युत जस्ता प्राकृतिक स्रोत–साधनको उपयोग गर्नुपर्छ”
(You have to fight the terrorist Cr you have to fight the terrorist but at the same time you must commit your nation and your government to good governance and to ending corruption, to finding ways to move the economy forward, diversifying the economy, taking advantage of the natural resources you have, such as the potential that exists in this country with respect to hydroelectric opportunities. And you have to be creative, and you have to trim the bureaucracy down.)
उनको उक्त भनाई पावेल डक्ट्रिनको एक अंश हो जसको विस्तारित रुप : “पूँजी डरपोक हुन्छ । यो भ्रष्टाचार तथा खराब नीति, द्वन्द्व तथा अनिश्चितताबाट भाग्दछ, रोग, अशिक्षा र अज्ञानतालाई त्याग्दछ । पूँजी त्यतै जान्छ, जुन मुलुकले यसको स्वागत गर्छ र जहाँ लगानीकर्ताहरूले जोखिमका साथ लगाएको स्रोत–साधनमा प्रतिफलबारे निश्चिन्त हुन्छन् । यो त्यस्ता मुलुकमा जान्छ जहाँ महिलाहरू काम गर्छन, बालबच्चा पढ्छन् र उद्यमीहरू सपना देख्न सक्छन् ।”
“सपना कुनै जादुगरीद्वारा साकार हुने होइन । यसले पसिना, कडा मिहिनेत र दृढता खोज्छ ।”