शनिबार, आश्विन १७ गते २०८३

कुटुम्ब साकोसको दशौं साधारणभा सम्पन्न, अध्यक्षमा खनाल पुनः निर्विरोध

आश्विन ११, २०७८ सोमबार
कुटुम्ब साकोसको दशौं साधारणभा सम्पन्न, अध्यक्षमा खनाल पुनः निर्विरोध

 

कोटेश्वरमा रहेको कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

सभाले सुदिप कुमार खनालको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरेको छ भने उद्धव कुमार बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ, सचिवमा रामप्रसाद ढकाल, कोषाध्यक्षमा कृष्ण प्रसाद गौतम र सदस्यहरुमा यशोदा पौडेल, दुर्गा बहादुर पोखरेल र बालकृष्ण बुढाथोकी रहेका छन् भने लेखा सुवरीवेक्षण समिति सदस्यमा शिवराज चौलागाईं र नारायण प्रसाद भट्टराई रहेका छन् । 

काठमाडौं महानगरपालिका वडा नं. ३२ का अध्यक्ष नवराज पराजुलीको प्रमुख आतिथ्यतामा भएको सभा समापन समारोहको अध्यक्षता संस्थाका अध्यक्ष खनालले गरेका थिए । प्रमुख अतिथि पराजुलीले सहकारी सहकार्यको प्रतीक भएको भन्दै सबैले मिलेर संस्थालाई अघि बढाउन शुभकामना दिएका थिए । 

सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खनालले २०६८ सालमा तत्कालिन वडा नं ३५ कार्यक्षेत्र लिएर स्थापना भएको संस्थाको हाल काठमाण्डौ महानगरपालिकाभर कार्यक्षेत्र विस्तार भएको उल्लेख गरे । २५ जना सदस्यबाट बाट २५००० रकम जम्मा गरी शुरु भएको संस्थाको हाल शेयरपुँजी १ करोड ९९ हजार पुगेको उनले जानकारी दिए ।  

संस्थाले गएको आर्थिक वर्ष २०७७।०७८ को अन्त्यमा संस्थामा ३ करोड ७६ लाख ६३ हजार बचत संकलन र ३ करोड ८० लाख ५७ हजार कर्जा लगानी रहेको छ । संस्थाको कुल वासलात ५ करोड ३५ लाख ५३ हजार पुगेको छ ।

kutumba.jpg

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गर्दै संस्थाले आश्विन ४ गतेबाट सभा शुभारम्भ गरी सदस्य उपस्थिति दर्ता तथा प्रतिवेदन वितरण थालनी गरी ९ गते समापन गरेको हो । संस्थाका व्यवस्थापक खेलनाथ सिग्देलले सञ्चालन गरेका गरेका थिए ।