आइतबार, आश्विन १८ गते २०८३

प्रधानमन्त्री राष्ट्रिय खेल भलिबलमा राजधानीमा प्रतिस्पर्धा जारी: उपाधिका दाबेदार हेल्प नेपाललाई गण्डकीको जित


जेठ २४, २०८१ बिहीबार
प्रधानमन्त्री राष्ट्रिय खेल भलिबलमा राजधानीमा प्रतिस्पर्धा जारी: उपाधिका दाबेदार हेल्प नेपाललाई गण्डकीको जित

 

काठमाडौंमा  जारी नेपालकाे राष्ट्रिय खेल आठाै प्रधनमन्त्री राष्ट्रिय भलिबल प्रतियाेगिताकाे लिग चरणमा राखेप कभर्ड हलमा साबिक छनाैटमा परेकाे महिला पुरुष राष्ट्रिय खेलाडि टिमकाे छैठाै दिन जारी रहेकाे छ।
सर्वाधिक राशि रहेकाे प्रतियाेगिताकाे पाचाै दिन सम्म उपाधिकाे दाबेदार टिम गण्डकी प्रदेशले लिगको पुरुषतर्फ टिप‌टप हेल्प नेपाललाई‌ हराउन सफल भयकाे छ ।

PMCup6.jpeg

खेलमा गण्डकीले जितिरहंदा लाखाै दर्शकले तालि हानेर साथ दियका थिय।
लिग चरणकाे पुरुष तर्फकाे प्रतियाेगितामा पुलिस, आर्मि, गण्डकी प्रदेस भलिबल टिम, टपटप हेल्प नेपाल एपिएफ लगायत अगाडि बढिरहेकाे छन्।
आठाै दिन सम्म चल्ने उक्त  प्रतियनेगिता नेपाली भलिबल जगतकाे सर्बाधिक लाेकप्रिय बनेकाे छ
प्रतियोगिताको‌ पाँचौं दिन बुधबार गण्डकीले हेल्प नेपाललाई ३-२ ले हराएको हाे। गण्डकीले २७-२५,२१-२५,२८-३०,२५-२१,१५-९ ले आफ्नो पक्षमा पारेको हो। गण्डकीका रमन कुमार प्लेयर अफ दि म्याच चुनिए। गण्डकिका चर्चित भलिबल खेलाडि रबि केसि  जापन बाट आयर खेलेका छन्।

PMcup5.jpeg
खेलमा खेलाडि बिदेसि समेत सहभागी रहेकाे गण्डकी प्रदेसका मुल प्रशिक्षक रमेश केसि बताउछन।
क्विक स्याईकर हिमाल सुनारी र राजन दर्लामि भन्छन,- जस्ले लिड गरेर खेलेपनि भलिबल प्रतिकाे प्रेम पुर्वक खेलेर जित्ने प्रयास गर्ने बताए।

PMcup2.jpeg

त्यस अघि विभागीय खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
पुलिसले आर्मीमाथि ३–१ को सेटमा जित दर्ता गरेको हो । 
पहिलो सेटमा आर्मी २७–२५ ले जित्दा दोस्रो सेट  पुलिसले २६–२४ को जित निकालेकाे थियाे।तेश्राे र चाैथाे सेटमा रविन चन्द र रविन नगरकोटी  बिषेश प्रश्तुतिले  पुलिसले २५–२१ र २५–१८ को सहज जित निकालेर बलियाे बनेकाे छ। 

पुरुषतर्फ सुदुरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित सुरु गरेकाे छ। भारतिय खेलाडि भयपनि जित्न सकेकाे थियन। 

cuppm.jpeg
सुदुरपश्चिमले कोशीमाथि १९–२५, २५–२१, २५–२२ र २५–१६ लिई सेटमा जित्न सफल भयाे । यसअघि सुदुर आर्मी, गण्डकी, पुलिस र हेल्प नेपालसँग पराजित भएको थियो । कोशी प्रदेशकाे  लगातार पाँचौं हार रहेकाे छ। कोशीले पनि आर्मी, हेल्प नेपाल, गण्डकी र पुलिससँगै हार बेहोरेको थियो।

महिलातर्फ कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा परजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएर फाईनल पुगेकाे देखिन्छ।

महिलातर्फको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिममाथि ३–२ को पूनरागमन जित निकालेको छ 

नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीलाई र बिषयगत खेलाडि लाई नगद सहित पुरस्कृत र सम्मान गर्ने छ। 
* सीताराम थापा लेखक एवं सामाजिक अभियान्ता हुन।