शनिबार, कार्तिक ८ गते २०८३

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको बैठक बस्दै


जेठ २३, २०८१ बुधबार
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको बैठक बस्दै

काठमाण्डाैं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ।

समितिको बैठक आज दिउँसो २ बजे संसद भवन बानेश्वरमा बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ। सहकारीको बचत अपलचनमा वर्तमान गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै नेपाली काँग्रेस लगायतका प्रतिपक्षी दलहरूले संसदीय छानबिनको मागका साथ लगातार रोष्ट्रम घेराउ गरेका थिए । त्यसपछि गत जेठ १५ गते प्रतिनिधि सभाको बैठकबाट एमाले सांसद सूर्य थापाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो। 

समितिमा नेपाली कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल, नेकपा ९माओवादी केन्द्र० बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।

समितिलाइ सहकारी संस्थामा भएको बचत रकमको दुरुपयोग बारे छानबिन गरी ३ महिना भित्र प्रतिवेदन पेश गर्न समय  तोकिएको छ।