शुक्रबार, कार्तिक ७ गते २०८३

भारतको १८औं लोकसभाको निर्वाचनमा भाजपालाई धक्का


जेठ २३, २०८१ बुधबार
भारतको १८औं लोकसभाको निर्वाचनमा भाजपालाई   धक्का

काठमाण्डाै । भारनीय संसदका ५४३ सीटमा ४०० भन्दा बढी सीट ल्याएर जित्ने ठूलो फूर्ति हाकेको भारतीय जनता पार्टीले सम्पन्न १८औं लोकसभा चुनावको परिणामले  ठूलो धक्का खाएको छ । प्रधानमन्त्री माेदी स्वयंले चुनाव परिणाामले भाबुक बनाएकाे कुरा ब्यक्त गरेका छन् । यस अघिका सन् २०१४ र २०१९ का लोकसभा चुनावमा प्राप्त गरेको  बहुमत भाजपाले गुमाइसकेको छ । यो चुनावमा ४०० सिट जित्ने दम्भ देखाउने नरेन्द्र मोदीको वरिपरि निर्माण गरिएको अजेयताको छविमा यो ठूलो झट्का हो भारतीय बिश्लेषकहरूले निष्कर्श निकालेका छन् ।

चुनाव परिणामका एकथरी बिश्लेषकहरूले भनेका छन् - विपक्षी दलमाथि चौतर्फी आक्रमण, केन्द्रीय निकायहरूको दुरुपयोग र धनबलको व्यापक प्रयोगको पृष्ठभूमिमा सम्पन्न यो निर्बाचनमा यस्ता अधिनायकवादी आक्रमणविरुद्ध खडा भई भारतीय सचेत जनताले  संविधान, लोकतन्त्र र नागरिक अधिकारको रक्षा गरेको बिपक्षी दलहरूको गठबन्धनले उल्लेख गरेको छ । 

चुनावका बेला बेरोजगारी, महँगी, कृषि संकट र लोकतन्त्र र संविधानमाथिको आक्रमणजस्ता विषयलाई उठाएर बिपक्षी इन्डिया ब्लकले एउटा विश्वसनीय प्रदर्शन गरेको पनि दाबी गरिएको छ । मोदी र भाजपाले गरेको साम्प्रदायिक चुनावी अभियानलाई उनीहरूले धेरै हदसम्म प्रतिकार गर्न सफल भएको पनि बताइएको छ ।

यो ब्लकले भनेको छ - यदि निर्वाचन आयोगले समान अवसर सुनिश्चित गरेको भए भाजपा र एनडीएका लागि परिणाम अझ प्रतिकूल हुने थियो। नरेन्द्र मोदीको भड्काउ साम्प्रदायिक बयानबाजीलाई नियन्त्रण गर्न र आदर्श आचार संहिता लागू गर्न असफल हुनु आयोगको प्रतिष्ठामा धब्बा हो भन्ने समेत बिपक्षी घटकहरूले बताएका छन् ।

 यो चुनावमा वामपन्थी दलहरूले आफ्नो संख्यामा सामान्य सुधार गरेका गरेका भए पनि कुनै उल्लेखनीय उपलब्धी देखाउन सकेका छैनन् । तथापि यो चुनाव परिणामले लोकतन्त्र, सीबधान, र जनजीबिकामाथि हुने सबै प्रकारका आक्रमणको प्रतिकार जनताले गर्ने संकेत दिएको पनि उल्लेख बिश्लेषकहरूले गरिरहेका छन् ।