जुन दिन किसानहरूलाई सत्यले शिक्षित गरिनेछ, पृथ्वीमा क्रुर दमनकारी र दासहरूको सम्भावना समाप्त हुन्छ....
: गारीबाल्दी
(इटली एकीकरणकर्ता)
: गारीबाल्दी
(इटली एकीकरणकर्ता)
हरेक वर्ष २ जुन (यसवर्ष जेठ १९ गते) इटली आफ्नो गणतन्त्र (१९४६) दिवस मनाउँछ । गत वर्षहरुमा युरोपमा सर्वप्रथम यो मुलुकबाट फैलिएको कोरोना महामारीले गर्दा सामान्य कार्यक्रमका साथ इटलीले गणतन्त्र दिवस सम्झ्यो ।
त्यो मुलुकको गणतन्त्रबारे केही तथ्य सम्झनलायक छन्। २ जुन १९४६ का दिन राजतन्त्र फाल्नको लागि इटलीमा भएको निर्णायक जनमत संग्रह । इटलीको अन्तिम सम्राट उम्बेर्तो द्वितीय एकमहिनाका लागि मात्र सिंहासनमा बस्ने मौका पाए । उनी अपदस्थ भएपछि जेनेभा निर्वासित भए, १९८३ मा उतै बिते, तर स्वदेश फर्केनन् ।
इटलीको गणतन्त्र दिवस धेरै पटक हेरफेर हुँदैआएको छ । १९७७ मा इटलीको अर्थव्यवस्थामा मन्दी आएपछि धेरै सार्वजनिक विदा कटौती र हेरफेर गर्ने क्रममा गणतन्त्र दिवसलाई २००१ देखिको वर्तमान व्यवस्था अघिसम्म जुन महिनाको पहिलो आईतबार राखियो । पहिलो आईतबार, १८४८ अल्बर्टाइन संविधान, जुन संविधानले इटली अधिराज्य विधिवत स्थापना गरेको थियो, त्यसैको सम्झना दिवस हो ।
ज्युजेप्पी गारीबाल्दी (१८०७–१८८२) इटाली राष्ट्रको एकीकरणका एक राष्ट्रवादी, गणतन्त्रवादी सैनिक जनरल थिए ।
त्यसो त इटालीको एकीकरणमा तलका तस्बिरहरूका- क्यामिलो बेस्नो काबुर, भिक्टर इमानुयल द्वितीय, ज्युसेप्पी माज्जिनी आदि अन्य ४ जनाको नाम पनि आउँछ, जो यी सबैलाई पितृभूमिका राष्ट्रपिताका रुपमा लिइन्छ । गारीबाल्दीलाई ब्राजिल, उरुग्वे जस्ता दक्षिण अमेरिकी मुलुकहरूमा चाहिँ “दुई संसारका नायक (हिरो)” पनि भनिन्छ ।
इटालीको विजय र सुरक्षाका लागि यिनले गरेका साहसिक कार्य, युद्ध आदिमा बेलायत र अमेरिकाले सैनिक र आर्थिक मद्दत पुर्याएर सफल बनाए । इटलीमा यिनी अत्यन्त लोकप्रिय व्यक्तित्व हुन् ।
उनको उपरोक्त वाणी “राजनीतिक तथा सैनिक लेख, संस्मरण तथा अप्रकाशित विचार” भन्ने पुस्तक (पृ.३५६) बाट झिकिएको हो ।
चन्द्रमणि गाैतम