नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई लाभांश दिने भएको छ। कम्पनीको आज आइतबार बसेको संचालक समितिको ३७६औं बैठकले आ.व.२०७९\८० सम्मको संचित मुनाफावाट हाल कायम रहेको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ को २१ .५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
त्यसका लागि १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९ सय रुपैया शेयरधनीहरुलाई नगद लाभांशको रुपमा प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त लगद नामागमा १.०५ प्रतिशत बराबरको रकम कर प्रयोजनका लागि हुनेछ । यो निर्णय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी बस्ने वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र वितरण गर्ने कम्पनीले जनाएको छ ।
नेपालपत्र संवाददाता