नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघले विरोध गरेको छ । विद्युत प्राधिकरणले गत सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको समाचार संचार माध्यमहरुमा प्रकाशित भएपछि सिएनआईको ध्यानकर्षण भएको हो ।
सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा पपिरसंघले प्रश्न गरेको छ ।
विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएको तर प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै नगरेको परिसंघको आरोप छ । जसको मारमा उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएका छन् । अ
हिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गरेको छ । स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न परिसंघले आग्रह गरेको छ ।
नेपालपत्र संवाददाता