शुक्रबार, कार्तिक ७ गते २०८३

किसानको हित गर्ने बैज्ञानिक बाटो लिन आवश्यक


जेठ २०, २०८१ आइतबार
किसानको हित  गर्ने बैज्ञानिक बाटो लिन आवश्यक
 
आज बिश्व स्तरमा नै कृषि नीति एकदमै बिबादको घेरामा परेर गुज्रिरहेको छ । बिभिन्न पश्चिमा देशमा कृषि उत्पादकता त अधिक भएकोछ तर त्यहाँका अधिकांश साधारण किसानहरु भने ठूलो संकटमा परेका छन् । हालैका दिनहरुमा उनीहरु आन्दोलनमा पनि उत्रेको देखएको र सुनिएको छ ।
 
यस क्रममा एउटा उल्लेखनीय कुरा के छ भने मेक्सिकोको सरकार बहुराष्ट्रिय कम्पनीहरुबाट किसानको रक्षा गर्न किसानको पक्षमा खडा हुन आएको छ । किसान र खाद्य सुरक्षाको हितमा सरकारले जीएम(जेनेटिकल्ली मोडिफाइड) उत्पादनबाट स्थानीय किसानहरुलाई बचाउनका लागि एउटा अत्यन्तै बिस्तृत प्रतिबेदन तयार गरेको छ जसका लागि बिश्वका बिभिन्न प्रसिद्ध बैज्ञानिकहरुको सहयोग समेत प्राप्त भएको छ । यस स्थितिले के प्रष्ट भएको छ भने एकातिर कतिपय बैज्ञानिहरु साना किसान र पर्यावरणको पक्ष्मा जोडिन पुगेका छन् भने कतिपय बहुराष्ट्रिय कम्पनीहरुसँग पनि जोडिन पुगेको छन् । 
 
यस्तो स्थितिमा कतिपय देशका त्यस्ता बैज्ञानिहरुको खोजी गरिनु आवश्यक, सामयिक र औचित्यपूर्ण हुन्छ जसले पर्यावरण र साना किसानहरुको हितमा काम गरेका छन् र उनीहरुसँग सम्बन्धित छन् । भारतका प्रो. पुष्प भार्गब यस्तै एक कृषि बैज्ञानिक थिए । उनी भारतको चर्चित सेण्टर फर सेक्यूलर एण्ड मोलेक्यूलर टक्नोलोजी हैदराबादका निर्देशक पनि रहेका थिए र नेशनल नलेज कमिशनका उपाध्यक्ष पनि बनेका थिए । केही बर्ष  अघि निधन भएका  उनका बैज्ञानिक उपलब्धीहरु बहुचर्चित छन् । कृषिमा उत्पन्न गरिएका जुन खतराहरुप्रति उनले बारम्बार गम्भीर चेतावनी दिएका थिए ती मध्ये सबैभन्द महत्वपूर्ण कुरा उनले जीएम बालीनालीका बारेमा उनले दिएको चेतावनी धेरै महत्वपूर्ण छ । भारतको सुप्रिम कोर्टले प्रो. भार्गबलाई जेनेटिक इञ्जिनियरिङ्ग एप्रुभल कमिटी(जिइएसी) को काममा निगरानी गर्नका लागि पनि नियुक्त गरेको थियो । ती बिश्वख्याति प्राप्त बैज्ञानिकले के चेतावनी दिए भने केही शक्तिशाली ब्यहक्तिहरुद्वारा आफ्नो र बहुराष्ट्र कम्पनीहरुको हितलाई  जेनेटिकरुपले बदलिएका (जीएम) बालीनालीको माध्यमबाट अगाडि बढाउन खोजेको प्रयासप्रति सावधान रहनु पर्दछ । उनले यसमा थप के पनि सावधान गराएका थिए भने यदि त्यो प्रयास सफल भयो भने त्यसबाट भारतीय कृष र खाद्य उत्पादनमा बहुराष्ट्रिय कम्पनीहरुको नियन्त्रण हुनेछ । 
 
यस सम्बन्धमा एउटा बहुचर्चित लेखमा बैज्ञािनक भार्गबले लेखेका थिए कि झण्डै ५०० अनुसन्धनात्मक प्रकाशनहरुले जीएम उत्पादनले  मानिस, जीवजन्तुहरु र बोटबिरुवाहरुको स्वास्थ्यमा हानी नोक्सानी पुग्दछ भन्ने कुरा स्थापित गरेको छ । ती प्रकाशनहरु त्यस्ता अनुसन्धाकर्ता बैज्ञानिहरुका हुन् जसको इमानदारी र निष्ठाका बारेमा कसैले प्रश्न उठाउन सक्तैन र सकेको छैन । भार्गबले  थप लेखेका छन् कि जीएम उत्पादनको समर्थन गर्ने प्राय सबै अनुसन्धान पत्रहरु त्यस्ता बैज्ञानिहरुका छन् जसले कन्फ्लिक्ट अफ इण्टरेट(स्वार्थको द्वन्द्व)लाई स्वीकार गरेका छन्, या जसको बिश्वसनीयता र इमादारीका सम्बन्धमा प्रश्न उठान सकिन्छ । प्रायः जीएम उत्पादनका समर्थकहरु के भन्दछन् भने बैज्ञानिकहरुको अधिक समर्थन जीएम उत्पादनलाई छ ।
 
बैज्ञानिक भार्गवले यस सन्दर्भमा समग्र अनुसन्धानको आकलन गरेर  स्पष्टसँग के बताएका छन् भने धेरैजसो निष्पक्ष बैज्ञानिहरुले जीएम उत्पादनको बिरोध नै गरेका छन् । यसका साथै उनले के पनि बताएका छन् भने जुन बैज्ञानिहरुले जीएम उत्पादनको समर्थन गरेका छन् ती मध्ये कतिपय कुनै न कुनै जीएम बिउ बेच्ने कुनै न कुनै निहीत स्वार्थी कम्पनीहरुसँग जोडिएका या प्रभावित रहेका छन् । आज जतिबेला शक्तिशाली स्वार्थीहरुद्वारा जीम खाद्य उत्पादनलाई भारतमा स्वीकृत दिलाउने प्रयास चरम चूलीमा छ यतिबेला भारतमा के पनि भनिदैछ भने शीर्ष बैज्ञानिक भार्गबको तथ्य र अनुसन्धानका आधारमा दिइएको महत्वपूर्ण चेतावनलाई गम्भीरतापूर्बक लिइनु पर्दछ । अर्का त्यस्तै शीर्षस्तरका कृषि बैज्ञानिक जसले किसान र पर्यावरणको रक्षा गर्नमा ठूलो योगदान दिने डा.आर.एस. रिछारिया । क्याम्ब्रिज बिश्वबिद्यालयबाट डक्टर गरेका ।
 
अत्यन्तै मेधावी उनी १९५९मा भारतको केन्द्रीय धान अनुसन्धान केन्द्रको निर्देश बने । १९७१मा मध्य प्रद ेश धान अनुसन्धान संस्थानको पनि निर्देशक नै बनेका थिए । जब भारतको हरित क्रान्तिका बेला धानको उत्पादनका कमीको समस्या खडा भयो त्यतिबेला गठन गरिएको बिशेष टास्क फोर्स अन राइस ब्रिडिङ्गको बैठकको अध्यक्षत गर्न उनैलाई बोलाइएको थियो । किनकि उनले नै धानको उत्पादन कम हुने पहिला नै चेतावनी दिएका थिए ।
 
उनलाई प्रधानमन्त्री कार्यालयले पत्र लेखेर धानको उत्पादन बढाउने बिशेष योजना बनाउन अनुरोध पनि गरिएको थियो । उनले महत्वपूर्ण बिशेष योजना बनाएर  पठाएका पनि त्यतिबेला इन्दिरा गान्धिको हत्या प्रकरणले गर्दा त्यो त्यत्तिकै कार्यान्वयमा ल्याउने काम नभएको बताइन्छ । यद्यपि आफ्नो जीवनको अन्तिम समयसम्ममा ती बैज्ञानिकले धानका २०००० किसिमा जाति उपजातिको कोष तयार गर्ने र प्रचार प्रसार गर्ने कार्यमा लाग्न छोडेनन् । तर उनले गरेका ती धान उत्पादन बृद्धिका बिउ बिजन र प्रबिधिका महत्वपूर्ण खोज र प्रयासलाई पनि बहुराष्ट्रि निगमलाई नै सुम्पने जस्ता कार्य भारतमा भयो ।
 
Nogmo.jpeg
यस्ता गलत गतिबिधि हुँदै आए ता पनि आज भारतमै के महसुश गर्न थालिएको देखिएको छ भने बैज्ञानिकहरु डा. पुष्प भार्गव र डा.आरएच रिछारियाहरुको योगदानलाई कृषि र किसानको रक्षा र सम्बृद्धिका लागि अगाडि बढाउन पुनः आवश्यक सम्झिन थालेको देखिदैछ ।
 
किसान माारा नाफा केन्द्रित र जीवन्त रैथाने बिउ बिजनहरुलाई  मास्ने बहुराष्ट्रिय कम्पनीहरुका कृयाकलापलाई रोक्न यी दुइ बैज्ञानिकहरुको अनुसन्धानलाई पुन सम्झनु र अनुपालन गर्नु अति आबश्यक भएको स्वीकार गरिदैछ । जसले बहुराष्ट्रिय कम्पनीहरुको पञ्जाबाट मुक्त हुने, रैथाने बिउ बिजनका उन्नत किसिमले प्रयोग गर्ने, रासायनिक मलको सन्तुलित किसिमले कमै मात्र उपयोग गर्ने र गैर रासायनिक मलहरुलाई बढावा दिने तथा रासायनिक रोग तथा कीट नाशक बिषादीहरुको उपयोग  बालीनाली पशुपंक्षीरुमा नगरी प्राकृतिक, जैबिक परम्परागत प्राकृतिक  उपचार बिधिहरुको बिकास र बिस्तार गर्ने जस्ता प्रकृति–मैत्री प्रबिधि बिकास र अबलम्बन गर्नमा ध्यान केन्द्रित गरेर उत्पादन बढाउने, कृषिको दीगो र टिकाउ बिकासको बाटो लिने कुरा अहिले चल्न थालेको छ । बिश्वका अधिकांश कृषि बैज्ञानिकहरु यही बाटो सही, स्वस्थकर र सुरक्षित बाटो हो भनिरहेका छन् ।