आइतबार, आश्विन १८ गते २०८३

आर्दश बिद्या मन्दिरले दुबै उपाधि चुम्न सफल : आदर्श पहेलाे बिजेता, सेताे उप बिजेता


जेठ १८, २०८१ शुक्रबार
आर्दश बिद्या मन्दिरले दुबै उपाधि चुम्न सफल : आदर्श पहेलाे बिजेता, सेताे उप बिजेता

  * ( विशेष प्रतिनिधि) 

एसईई दिएर बसेकाे बिद्यार्थीहरू लक्षीत गर्दै आदर्श विधामन्दिर स्पोर्टस क्लबले आयोजना गरेको प्रथम आदर्श कप, बिद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि र उप बिजेता दुबै आयोजक आदर्श विद्यामन्दिर माध्यामिक बिद्यालय चुम्न सफल भएकाे छ। 

आदर्श विधामन्दिर माबि ‘पहेलो’ र ‘सेतो’ बीचको फाइनल खेलमा निर्धारित समयमा गोल नभई बराबरी भएपछि   ट्राईबेकरमा "आदर्श पहेलाे" ले जित हासिल गरेकाे हाे। आदर्श विद्यामन्दिर पहेलाेले ६ गाेल गर्दा " सेतोले" ५ गोल गर्दै उपाधि र उप बिजेता दुबै चुम्न सफल भएकाे आदर्श बिद्या मन्दिर माबिका प्राचार्य भुपेन्द्र केसिले बताए ।

Adarshbag.jpeg

शारिरिक र मानशिक स्वास्थ्यकाे लागि खेल भन्ने मुल सन्देसका साथ एसईई दियर बसेका बिधार्थिहरु लाई स्वस्थ र मनाेरन्जन प्रदान गर्न आयाेजना गरिएकाे उक्त खेलमा  ...  वटा बिधालयले भाग लियकाे आदर्श बिधा मन्दिर माबिका शिक्षक राेसन  क्षेत्रीले थाहा दिए। 

जित हासिल गरेका आदर्श ‘पहेलो’ बाट सुझाब बानिया, सुहान सुनार,  आदेस कार्कि, अमन बम थापा, सुजित परियार र योगेन खत्रीले गोल गरेर  आदर्श बिधा मन्दिर " पहेलाे" उपाधि चुमेकाे र " सेताे" कडा प्रतिस्पर्ध्दामा उप बिजेता हुन सफल भएकाे स्पाेर्टस क्लबका प्रशिक्षक राजेस केसिले जानकारी दिए ।

Tayari.jpeg
आदर्श कपको विजेता आदर्श विद्यामन्दिर माबिका ‘पहेलो’ले रु ६६ हजार ६ सय ६६  र  उप-विजेता "सेताे"ले रु ३३ हजार ३ सय ३३ पुरस्कृत गरिएकाे थियाे। बिजेता र उप बिजेता टाेलिलाई ट्रफी, मेडल र प्रमाण पत्र बितरण गरियकाे थियाे।
खेलकुद समाराेहकाे प्रारम्भमा  बागलुङ नगरपालिकाकाे प्रमुख वसन्त श्रेष्ठले अवलाेकन तथा मन्तब्य राखेर खेल अवलाेकन गरेकाे र खेलकाे अन्तमा बागलुङ नगरपालिकाकाे  उप–प्रमुख राजु खडका द्वारा पुरस्कार बितरण गरियकाे थियाे।  प्रतियोगिताका सेमीफाइनलिष्ट टोली बिद्यालयहरु लाई ११-११ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।

Tyyari2.jpeg
प्रतियोगितामा आदर्श विद्यामन्दिर माबिका अनुप पाण्डे उत्कृष्ट कोच,  सुझाव बानियाँ उत्कृृष्ट खेलाडी,  उच्च गोलकर्ता अमर आदर्शका समिर बोहरा, उत्कृष्ट मिडफिल्डर, आदर्श सेतोका इशान खडका उत्कृष्ट गोलरक्षक, आदर्शका अरुण शेरपुजा उत्कृष्ट डिफेन्डर, फ्युचर ब्राइटरका अमृत शर्मा वेष्ट स्ट्राइकर र गुरास विद्या सदनले अनुशासित टोलीको पुरस्कार जितेको आयोजक आदर्श विद्यामन्दिर माविका शिक्षक दिपक सुवेदीले नेपाल पत्र न्युज लाई जानकारी दिए।

fKheladi.jpeg

*थापा विशेष संबाददता एवं सामाजिक अभियान्ता।