शनिबार, आश्विन १७ गते २०८३

शुभप्रभात साकोसको १३औं साधारण सभा शुरु, कुल कारोबारमा २८ प्रतिशतले वृद्धि

आश्विन १०, २०७८ आइतबार
शुभप्रभात साकोसको १३औं साधारण सभा शुरु, कुल कारोबारमा २८ प्रतिशतले वृद्धि

 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, राम्चेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले १३औं बार्षिक साधारणसभा शुरु गरेको छ । 

संस्थाले असोज ८ गतेबाट साधारणसभा  शुभारम्भ गरी असोज २१ गते समापन गर्ने भएको छ । संस्थाले सदस्य उपस्थिति दर्ता, प्रतिवेदन वितरण र सुझाव संकलनका लागि दुई साताको समय दिएको छ । सदस्यहरुले अशोज २० गतेसम्म प्रतिवेदन अध्ययन गरी केहि सल्लाहसुझाव दिनसक्नेछन् । 

संस्थाका अध्यक्ष विकासकाजी श्रेष्ठको सभापतित्वमा शुभारम्भ गरिएको सभामा सचिव दीपकविक्रम थापाले आ.व. २०७७।७८ को वार्षिक प्रतिवेदन तथा आ.व. २०७८।७९ को प्रस्तावित नीति तथा कार्यक्रम कोषाध्यक्ष विकास पौडेलले गत आवको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक भीमसेन भण्डारीले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

१३औं साधारणसभासम्म आइपुग्दा संस्थाले आफ्नै भवन निर्माण गरी सदस्यहरुलाई वित्तीय सेवा दिँदै आएको छ भने संस्था ५ हजार ५सय सदस्य आवद्ध रहेका छन् । संस्थाले सदस्यहरुको जीवनस्तरमा आर्थिक सामाजिक र साँस्कृतिक रुपमा परिवर्तन ल्याउन, ‘सन्तुष्ट सदस्य उत्कृष्त संस्था’को परिकल्पना गरी ४ वर्षे रणनीतिक योजना तयार गरेको जनाएको छ । त्यसैगरी संस्थाको कार्यक्षेत्र विस्तार गरी आवश्यकताका आधारमा नयाँ सेवा केन्द्र खोल्ने जनाएको छ । 

संस्थाले गत असार मसान्तसम्म ३ करोड ६० लाख शेयरपुँजी, २ करोड ५० जगेडा कोष, ४७ करोड ५ लाख बचत संकलन गरी ३४ करोड ३ लाख ऋण लगानी गरेको छ । संस्थाको कुल कारोबारमा २८ .८२ प्रतिशतले वृद्धि भई ५६ करोड ६३ लाख पुगेको छ । 

shuva prabhat 2.jpg