किम इल सङ (१९१२-१९८४) 'प्रजातान्त्रिक जनगणतन्त्र कोरिया' (उत्तर कोरिया) का संस्थापक नेता हुन् । भनिन्छ, यिनी त्यही साल र दिनमा जन्मे जुन दिन बेलायतको प्रसिद्ध फाइभ स्टार जहाज 'टाइटानिक' डुबेको थियो ।
विश्वमा सबभन्दा लामो अवधिसम्म सत्तासीन एउटै व्यक्तिको गणनामा किम् तेस्रो धेरै अवधि (४५ वर्ष) शासनसत्तामा बसेका कम्युनिस्ट तानाशाह हुन् ।
वास्तबमा त्यो कम्युनिस्ट शासनभन्दा पनि सैनिक सर्बोच्चता भएको मुलुक हो, जहाँ सेनाका जनरलहरुले किम इल सङको परिवारलाई राजपरिवार शैली झैँ सात दशकदेखि तीन पुस्तालाई नै सर्बोच्च नेताको रुपमा खोपाको भीमसेन बनाएर राखेको छ । हाल यिनका नाती, किम जोङ् उन् सर्बोच्च नेताको रुपमा विराजमान छन् ।
यिनका पालामा त्यो मुलुकले मूख्यत: सोभियत संघ र चीनको सहायतामा विकासको फड्को मारेको थियो । आजको कोरिया उनैले स्थापित गरेको विकासको आधारशीलामा टिकेको छ । प्रतिव्यक्ति आय कति छ, बाहिरी दुनियामा त्यसको स्वतन्त्र पुष्टि हुने तथ्याङ्क छैन । सीआईएको विश्लेषण र निष्कर्शमा करिब २ हजार डलर हुनुपर्छ । राष्ट्रिय आयको अधिकांश हिस्सा सेना र सैन्यशक्ति सुदृढ बनाउनमा लागेको छ । सेनाको संख्यामा उत्तर कोरिया चौथो विशाल सेना (१२ लाख) भएको मुलुक हो ।
यिनको 'जुचे' (बायुपंखी घोडा) विचारधारा कोरियामा चर्चित छ । जुचे विचारधारामा नेतृत्वले दिने कामकाजी वा ब्यावहारिक निर्देशनका कुरा हुन्छन् । उत्तर कोरियामा सेनाको सर्बोच्चताका साथै कलाकार, वैज्ञानिक र शिक्षक प्राध्यापकले प्राथमिकतापूर्ण कदर पाउने गरेका छन् । सर्वसाधारणको जीवनस्तर ज्यादै कष्टकर छ, द.कोरियाको तुलनामा नारकीय !उनको यो वाणी पनि जुचे विचारधाराको बुँदागत मान्यता हो।
याे तलकाे ङर उत्तर काेरियाकाे उत्तरी क्षेत्रमा रहेकाे किम इल सङ जन्मेकाे घर

चन्द्रमणि गाैतम