हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा को शुभारम्भ भएको छ । संस्था को अध्यक्ष राजन श्रेष्ठको अध्यक्षता र भिमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यता साधारण सभा शुभारम्भ तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।
उद्घाटन समारोहमा भिमेश्वर वडा नं २, ५ र ६ का वडाध्यक्ष क्रमश बिराजमान श्रेष्ठ, रामचन्द्र बस्नेत, नवीन लामा, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाइ, जिल्ला बचत तथा ॠण सहकारी संघका महा सचिब अनिल श्रेष्ठ को बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सचिव मान बहादुर केसीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अर्जुन कार्कीले वार्षिक कार्यक्रम तथा बजेट सहित बाह्यल लेखा परीक्षण प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक भरत प्रसाद खतिवडाले लेसुस को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।
संस्थाले असोज १० गतेदेखि १३ गतेसम्म विभिन्न स्थानमा इकाईगत÷क्षेत्रगत साधारण सभा गरी असोज २१ गते छानिएका प्रतिनिधिहरुको उपस्थितिमा अन्तिम छलफल तथा निर्णय प्रमाणित गरी वार्षिक साधारण सभा सम्पन्न गर्ने तयारी गरेको संस्थाका सीइओ दीपक बस्नेतले जानकारी दिए ।
संस्थाको असार मसान्तसम्मको वासलात ७१ करोड ४८ लाख रहेको छ । संस्थामा ८ हजार २ सय शेयर सदस्य र ३ हजार २८७ बालबचतकर्ता रहेका छन् ।
