शुक्रबार, कार्तिक ७ गते २०८३

राष्ट्र र सीमा - सुरक्षा र व्यवस्थापन - डोनाल्ड जोहन ट्रम्प


जेठ १३, २०८१ आइतबार
राष्ट्र र सीमा - सुरक्षा र व्यवस्थापन - डोनाल्ड जोहन ट्रम्प

सीमाना नभएको देश राष्ट्र कहलाउँदैन; ....सीमाना अव्यवस्थित भएको मुलुक सुरक्षित र व्यवस्थित हुन पाउँदैन....

अमेरिकाका ४५ औँ  राष्ट्रपति डोनाल्ड जोहन ट्रम्प (१९४६–) ले सपथग्रहण गरेको एक हप्ताभित्रै (२५ जनबरी २०१७) मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने विधिवत निर्णय गरे । आफ्नो चुनाब अभियानमा उनले यो घोषणा गरेका थिए ।
अमेरिका–मेक्सिको सीमाना ३२ सय कि.मि. लामो छ। हालसम्म ११२५ कि.मि. सीमानामा सिमेन्ट पर्खाल, फलामे रेलिङ्, काठको बार बन्देज र काँडे छेकबार लगाइएको छ । राष्ट्रपति ट्रम्प बाँकी २ हजार ७५ कि.मि. सीमानामा कंक्रिट पर्खाल लगाउन चाहन्छन् । यसका लागि राष्ट्रपति हुँदा उनले धेरै व्यवधानको सामना गर्नुपरेको थियोे । बजेट निकासा नहुँदा कयौँ केन्द्रीय सरकारी कार्यालयमा महिनौँ दिनसम्म ताला लाग्यो ।
१९९० मा रोनाल्ड रेगनको पालामा १०६ कि.मि. सीमानामा जस्ताको बार बन्देज, बिल क्लिन्टनको पाला (१९९६) मा २२ कि.मि., जर्ज बुशको पाला (२००६–९) मा ७२० कि.मि., र बराक ओबामाको पाला (२०१०–११) मा २७७ कि.मि. मा फलामे पर्खाल ठड्याइएको थियो ।
राष्ट्रपति ट्रम्प यतिबेला आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको साथै नेभादा राज्यकी स्टर्मी डानियल्स (४५) नामक, बयस्कहरूले मात्रै हेर्ने फिल्म की पात्र (हाल निर्देशक) सँग २००६ मा गरेको यौन काण्ड बापत दिएको अवैध एक लाख ३० हजार डलरको मुखबुजो रकम (Hush money) लगायत ३४ वटा अभियोग र मुद्दा खेपिरहेका छन् ।

Donaldtrupa.jpg