एसईई दिएर बसिरहेका बिद्र्यार्थीहरूलाई लक्षित गर्दै आदर्श विद्यामन्दिर स्पोर्ट्स क्लबको आयोजना तथा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयकोसह-आयोजनामा बिधालय स्तरीय प्रथम आदर्श इन्टर एसईई कप फुटबल प्रतियोगिता हुने यहाँ एक पत्रकार भेटघाट गरि जानकारी दिइएकाे छ। एसईई दिएर बसेका बिद्यार्थीहरूमा फुलबल खेलकाे माध्यामबाट रचनात्मकता तथा स्वास्थ्यकाे लागि खेल बागलुङ नगरपालिकाकाे बाङ्गेचौर खेलमैदानमा जेठ १३ देखि १६ गतेसम्म प्रथम आदर्श कप इन्टर एसईई फुटबल प्रतियोगिता हुने आदर्श विद्यामन्दिर स्पोर्ट्स क्लबका अध्यक्ष राजेश के.सीले जानकारी दिएका छन् । प्रतियोगिताको ट्रफी अनावरण तथा टाईसेट प्रकाशन कार्यक्रममा जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, लगायत बिधालयका विभिन्न बक्ताले खेल आयाेजनाकाे प्रशंसा गरे।

'शारिरिक, मानशिक स्वस्थ राख्न खेलकुद" भन्ने सन्देस दिन आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबले एसईई दिएर विदामा बसेका विद्यार्थीलाई स्वस्थ्य बनाउन फुटबल प्रतियोगितको आयोजना गरेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्राचार्य भुपेन्द्र के.सीले जानकारी दिए। आइतबारबाट शुरू हुने अन्तर विद्यालय एसईई कप फुटबल प्रतियोगितामा १५ टिमकाे सहभागिता रहने बिद्या मन्दिरका शिक्षक राेसन क्षेत्रीले बताए।

आयाेजक बिधा मन्दिर - दुई टिम, गरिमा आवशिय माबि, न्यू ओयसिस, गुरास बपधा सदन, धाैलागिरी बाेर्डिङ, न्यू एभरेष्ट, कुडुले माबि, सनराईज माबि, शिदार्थ शिक्षा सदन, पर्वत माबि, फ्युचर ब्राईटर,प्रतियाेगितामा रहने आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक युनिस मियाले जानकारी दिय। प्रतियोगिता विजेताले नगद ६६ हजार ६६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३३३ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र उपलब्ध हुनेआदर्श स्पोर्ट्स क्लबका प्रशिक्षक अनुप पाण्डेले बताउछन्। त्यस्तै सेमिफाइनल प्रवेश गर्ने दुई टोलीलाई जनही ११ हजार १११ प्रदान गरिने बताएकाे छ। प्रतियोगितामा बिधागत उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिने छ। पत्रकार भेटघाट कार्यक्रम आदर्श विद्यामन्दिर स्पोर्ट्स क्लबका अध्यक्ष राजेश के.सीको अध्यक्षता, विद्यालयका शिक्षक धन बहादुर खत्रीको सञ्चालनमा भएकाे थियाे ।
सीताराम थापा