तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाह्यान र एकजना प्रान्तिय गभर्नर समेत ९ जना सवार भएकाे हेलिकप्टर हिजाे दुर्घटना हुँनजाँदा सबैकाे मृत्यु भएकाे इरानी सरकारी टेिलिभजनले जनाएकाे छ ।
दुर्घटना भएकाे हेलिकाेप्ट जलेर ध्वस्त भएकाे र त्यसमा सवार काेही पनि जीवित रहेकाे कुनै संकत नदेखिएकाे उच्च सरकारी अधिकारीले बताएकाे साे सरकारी टेिलिभजनले जनाएकाे छ ।
बाक्लाे कुइराे लागेकाे र माैसमकाे खराबीले गर्दा इरानकाे उत्तरी पहाडी क्षाेत्रबाट फर्कीदै गरेकाे हेलिकाेप्टर दुर्घटनाग्स्त हुनु पुकाे र खाेजी तथा उध्दार कार्यमा पनि कठिनाइ परेकाे बताइएकाे थियाे । अन्ततः टकीर्एकाे ड्राेनका सहयाेगले दुर्घटना क्षेत्र र क्षातिग्रस्त हेलिकाेप्टर पत्र्ताे लागेकाे थियाे ।
दिबंगत राष्ट्रपति रइसीले साउदी अरब लगायत छिमेकी देशहरू, चीन तथा ब्राजीलसँग पनि सम्वन्ध बिस्तार गरेकाे तथा शंघाइ सहयाेग संगठनमा समेत सदस्य बनेकाे थियाे ।
नेपालपत्र संवाददाता