आइतबार, आश्विन १८ गते २०८३

नारायण शर्माको संयोजकत्वमा अखिल नेपाल कम्युनिष्ट पार्टी एकता संयोजन समिति गठन

जेठ ५, २०८१ शनिबार
नारायण शर्माको संयोजकत्वमा अखिल नेपाल कम्युनिष्ट पार्टी एकता संयोजन समिति गठन

ललितपुर । ललितपुर ज्वागलमा २०८१ जेष्ठ ३ गते सम्पन्न बिभिन्न कम्युनिष्ट क्रान्तिकारीहरुको एक भेलाले अखिल नेपाल कम्युनिष्ट पार्टी एकता संयोजन समतिको गठन गरेको एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ । नेकपा –माओबादीबाट असन्तुष्ट रहेर लामो समयसम्म स्वतन्त्र ब्यक्तित्वकोरुपमा रहनु भए पनि चर्चित राष्ट्रघाती एमसीसी सम्झौता बिरुद्धको सघर्ष लगायत राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका लागि जनताको  संघर्षमा बिभिन्न मोर्चा, मञ्च र अभियानमार्फत कृयाशील रहँदै आउनु भएका ब्यक्तित्व संबिधान सभाका सभासद  क. नारायण शर्माको नेतृत्वमा यो कम्युनिष्ट पार्टी एकता संयोजन समिति बनेको जनाइएको छ । 
नेपालमा माओबादी जन युद्धका शहीदहरु लगायत सम्पूर्ण शहदहरु, बेपत्ता योद्धाहरु, आन्दोलनका घाइते र अपङ्गहरुको स्मरण सम्मान गर्दै जारी गरिएको एकता संयोजन समितिको प्रेस बिज्ञप्तिमा कम्युनिष्ट आन्दोलन छिन्न भिन्न भएको र यसलाई एकताबद्ध गर्न नसकेसम्म देश र जनताले झेल्नु परिरहेका संकटको सही समाधान हुन नसक्ने कुरा जनाउदै सच्चा, देशभक्त, क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुनुको कुनै बिकल्प छैन भन्ने कुरा प्रष्ट पारिएको छ । बिज्ञप्तिको फोटोप्रति यहाँ प्रस्तुत छ :

ektasamiti.jpg