आइतबार, आश्विन १८ गते २०८३

मदन–आश्रित सालिकमा पूर्व राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

जेठ ३, २०८१ बिहीबार
मदन–आश्रित सालिकमा पूर्व राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा  विभिन्न कार्यक्रमको आयोजना भइरहेको खबर छ ।

यस स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति तथा मदन भण्डारी पत्नी विद्यादेबी भण्डारी पनि सहभागी भएकी छन् ।

Madan Arhrit phot.jpg

त्यस अबसरमा उनले मदन-आश्रितको शालिकमा माल्यार्पण  गरेकी थिइन् ।

अहिलेभन्विदा ३१ बर्ष पहिले.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । त्याे रहस्यमय दुर्घटना कसले कुन उदेश्यले गराएकाे थियाे त्याे अहिलेसम्म पनि रहस्यकै गर्भमा छ ।