बुधबार, भाद्र ३ गते २०८३

लेखा सुपरीवेक्षण समितिले के काम गर्ने, किन गर्ने

जेठ २, २०८१ बुधबार
लेखा सुपरीवेक्षण समितिले के काम गर्ने, किन गर्ने

 

सहकारी संस्थामा लेखा सुपरीवेक्षण समितिको परिकल्पना आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्नकाे लागि गरिएकाे हाे । नेपालमा सहकारी संस्थामा एकजना संयोजक र दुईजना सदस्य रहने गरी साधारणसभाद्वारा चुनिएको एक लेखा सुपरीवेक्षण समिति हुनुपर्ने व्यवस्था ऐनमा नै गरिएको छ । आन्तरिक नियन्त्रण प्रणालीलाई बलियाे बनाउन लेखा सुपरीवेक्षण समितिले प्रभावकारी भूमिका खेल्नु पर्दछ । 

नेफ्स्कुनद्वारा आयोजित लेखा सुपरीवेक्षण समितिको दाेश्रो राष्ट्रिय गोष्ठीमा विश्व ऋण परिषदकी अन्तर्राष्ट्रिय पैरवीकर्ता तथा नियमन विज्ञ एरिक ओ हर्नद्वारा प्रस्तुत प्रमुख विषयवस्तु यहाँ प्रस्तुत गरिएकाे छः

आन्तरिक नियन्त्रण प्रणालीको महत्व

  • साकोसको वित्तीय दिगोपनाका लागि
  • कानुनी परिपालनको लागि 
  • सदस्यको प्रतिष्ठा तथा विश्वास आर्जन गर्न 
  • निरीक्षणको गुणस्तरमा आधारित
  • जोखिम न्यूनिकरण
  • सदस्यकेन्द्रित जवाफदेहिता

लेखा सुपरिवेक्षण समितिको भूमिका

  • बेइमानी एवम् गैरकानूनी क्रियाकलाप नियन्त्रण तथा रोकथाम गर्न
  • लेखापरिक्षण प्रतिवेदनको निरीक्षण गर्न
  • सञ्चालक समिति तथा उच्च व्यवस्थापनले आफ्नो जिम्मेवारी बहन गरेको सुनिश्चित गर्न
  • सञ्चालक समितिले बनाएका नीति, कार्यविधि तथा निर्णयहरु कार्यान्वयन भएको सुनिश्चित गर्न

उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरु

समिति गठन

  • समितिमा समर्पित व्यक्तिहरु छनौट वा निर्वाचित गर्ने
  • स्वार्थको द्वन्द ननिम्त्याउने
  • आवश्यक तालिमहरु उपलब्ध गराउने

सञ्चार

  • नियमित एवम् बारम्बार बैठकहरु बस्ने
  • स्वतन्त्र लेखापरिक्षक, आन्तरिक लेखा परिक्षक, सञ्चालक समिति तथा उच्च व्यवस्थापनहरुबीच सञ्चारको खुल्ला एवम बाधा व्यवधानरहित माध्यमहरु विकास गर्ने

कार्यक्षेत्रका दायराहरु

  • समितिलाई लेखा बिबरण तथा तथ्याङ्कहरुको शुद्धता र विश्वसनीयत्ता जाँच गर्न आवश्यक कानूनी तथा नीतिगत प्रबन्ध गरिएको तथा प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली स्थापित्त गरिएको हुनुपर्दछ
  • नीतिगत परिमार्जन तथा साकोसका बस्तु सेवाहरुको परिवर्तनसँगै लेखा परिक्षण विधि तथा प्रक्रियामा पनि अद्यावधिक गरिएको सुनिश्चित गरिनुपर्दछ

परिणामहरु

  • नीति, कार्यविधिहरु कार्यान्वयन भएको सुनिश्चितता गरिन्छ, केही भएमा सञ्चालक समितिलाई जानकारी गराइन्छ
  • विगतका लेखापरिक्षण प्रतिवेदनले औल्याएका विषयहरु सुधार गरिएको
  • लेखापरिक्षण सम्बन्धी कागजातहरुको सुरक्षा र संरक्षण गरिएको

अमेरिकी अभ्यास र उदाहरण

  • नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशन (एनसीयूए) को नियामकीय मापदण्ड र निर्देशन खाताहरुको प्रमाणीकरण
  • ऋणः मुख्य खाता र सहायक खातामा रकम भिडान गर्ने । यदि १० प्रतिशत भन्दा बढि फरक भएमा नियामक निकायमा जानकारी गराउने ।
  • ऋण प्रमाणिकरणको लागि छनौट गर्ने । क्षेत्र र अवधि विश्लेशण गर्ने । चालु ऋण रकम र ब्याजदर सदस्यसँग प्रत्यक्ष सम्पर्क गरी सुनिश्चितता गर्ने ।
  • शेयरः मुख्य खाता र सहायक खातामा शेयर रकम भिडान गर्ने । यदि १० प्रतिशत भन्दा बढि फरक भएमा नियामक निकायमा जानकारी गराउने ।
  • शेयर खाता प्रमाणिकरणको लागि छनौट गर्ने । क्षेत्र र अवधि विश्लेशण गर्ने र चालु शेयर रकम, लाभांस दर र परिपक्व अवधि सदस्यसँग प्रत्यक्ष सम्पर्क गरी सुनिश्चीतता गर्ने ।

असल अन्तर्राष्ट्रिय अभ्यासहरु

  • समितिका प्रतिवेदनहरु परिक्षण गरिउको तथा आवशयक सुधार गरिएको सुनिश्चित गर्नुपर्दछ । 
  • सञ्चालक समितिको बैठकमा लेखा सुपरीवेक्षण समितिका प्रतिवेदन तथा सुझावहरुमाथि आवश्यक छलफल गर्नुपर्छ 
  • आन्तरिक तथा बाह्य लेखापरिक्षक परिवर्तन गरिरहनुपर्छ । 

लेखा सुपरीवेक्षण समितिले गर्नुपर्ने परीक्षणका क्षेत्रहरु

  • काउन्टर व्यवस्थापन
  • एटीएम भेरिफिकेशन सीट
  • विद्युतीय भुक्तानी रकमान्तर
  • ऋण हिसाब भिडान, स्वीकृति तथा प्रक्रिया
  • ऋण फाइल व्यवस्थापन
  • भाखा नाघेको ऋण तथा अपलेखन गरिएको ऋण
  • कर्मचारी तथा कार्यालय सम्बन्धी कागजातहरूमा नियन्त्रण
  • लगानी तथा स्थिर सम्पत्तिहरु
  • ऋण नोक्सानीका लागि गरिएको व्यवस्था
  • शेयर खाता तथा निष्कृय खाताहरु
  • बोर्ड बैठकका निर्णयहरू
  • सूचना प्रणली
  • कर्मचारीहरु