नेपालकाे ईतिहासमा पहिलाे पटक दलित समुदायका बिधावारिधि र अनाैपचारीक शिक्षामा बाैद्विकहरु बिच एक संबाद कार्यक्रम राजधानि काठमाण्डाैमा सम्पन्न भएकाे छ।
पूर्व राजदुत निर्मल बिश्वकर्माकाे संयाेजन र सामाजिक अभियान्ता राजेस नेपालीकाे सहयाेगमा सम्पन्न कार्यक्रम मा दलित समुदायबाट पिएचडी सम्पन्न गरेका तथा सो तह अध्ययन गरिरहेका बाैद्विक तथा अनुसन्धाताहरू काे नेपालमा पहिलाे जमघट भई दलित समुदायकाे समस्या, कारण र प्रभाब बारे आफ्नाे धारणा बर्तमान राज्य सत्ता र दलित समुदायकाे अवस्था बारे प्रस्तुत कार्यक्रम आयाेजनाका संयाेजक डा. निर्मल बिश्वकर्माले बताए।
कुनै जाति र समुदायकाे बिषेशकाे भनेर बिज्ञ र विशेषको नभयर पढेलेखेका बिज्ञ र बिज्ञताहरु बिषयगत बिज्ञताकाे लागि र समग्र राष्ट्र निर्माणमा योगदान हुने भएतापनि दलित समुदाय ऐतिहासिक रुपमा विभेदमा परेको समुदाय भएको जटिलताका बीच शिक्षा क्षेत्रको उच्च तह हासिल गर्ने यो समुदायका व्यत्तित्वहरू बीच वौद्धिक छलफलकाे लागि याे संबादकाे आयाेजना भएकाे डा. निर्मल बिश्वकर्माले बताए। उहाले देसकाे बिधमान परिस्थितिलाई हेर्ने दृष्टिकोण, समाजको विषमता र दलित समुदायको उन्नतिका लागि उनिहरूको योगदान महत्वपूर्ण हुने भएकाेले नेपालमा प्रथम पटक यस्तो छलफल आयोजना गरिदा फलदायी भएकाे सुनाए ।

छलफल कार्यक्रममा विद्यावारिधी अध्ययन गरिरहेका र सम्पन्न गर्दाकाे अनुभूति, बर्तमान राष्टको हालको राजनीतिक अवस्था, दलित मुक्ति आन्दोलनको अवस्थामा, आन्दोलनमा गैर दलितको भूमिका र दलित विज्ञहरूको योगदान आदि पक्षमा संबाद गरिएकाे अभियन्ता डा. मित्र परियार लगायतले बताए l
कुल जनसख्याकाे १४ प्रतिशत जनसँख्या ओगटेको दलित समुदायको कार्यपालिकामा प्रतिनिधित्व बिहिन हुनु,संविधानद्वारा प्रद्त्त निशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य,राेजगार भुमिहिन अवस्थाबाट मुक्त हुने सवालमा राज्य संग एक भएर जनस्तरदेखि राष्ट्रियस्तर सम्म आवाज उठाउनु पर्ने सवाल याे संबादले उठाएकाे छ।
सामाजिक राजनितिक चेतना बृद्वि, वैकत्पिक दलित आन्दोलनलाई एकीकृत गर्ने, वैकल्पिक शक्ति निर्माण गर्ने, सहकार्य र गठवन्धन निर्माण गरेर अगाडि बढने कुरालाइ जोड दिनु पर्ने तथ्यमा सहमति भएको सहभागीहरूले जानकारी गराएका छन्।

डा. निर्मल बिश्वकर्माले संबादकाे आरम्भ गरेकाले सुस्ताएको दलित आन्दोलनलाई वौद्धिक खुराक दिन दिशाबोध गर्दै जाने पिधकाे समाजलाई र अँध्याराेबाट उज्यालाे छर्ने बिचार ब्यक्त गरे।
यस्ताे कार्यमा जनस्तरदेखि राष्टि्यस्तरसम्म एकीकृत साझा सवालकाे रुपमा अभियानमा समाहित गरिनु पर्ने नागरिक समाज बताउँछ ।
कार्यक्रममा डा. याम बहादुर किसान, डा. डा. मदन परियार, मित्र परियार, डा. निर्मल बिश्वकर्मा, डा. दिनेस चमार, डा. पूर्ण नेपाली, डा. चेत परियार, डा. राेसन गाेर्खालि,डा. कृपाराम बिश्वमर्मा, डा. गङ्गाराम बिश्वमर्मा, बिधावरीधि गरिरहेका अनुसन्धान स्कलरहरु तारा बिश्वकर्मा, गणेश बि क., पुस्पा सुनार, परशुराम रम्तेल, सुधिरमान बि.क., भिम बिक, अर्जुन बिक, लगायतकाे सहभागिता रहेकाे थियाे।
सीताराम थापा