आइतबार, आश्विन १८ गते २०८३

बढ्दाे बन डढेलाका निम्ति जिम्मेवार काे काे ? ?

बैशाख २७, २०८१ बिहीबार
बढ्दाे बन डढेलाका निम्ति जिम्मेवार काे काे ? ?

एउटा समय सान्दर्भिक बिषय:

Manang-forest-fire.jpg

महदीप पाेखरेल

       यो बर्ष बन आगोलागीले बहुत नोक्सान गर्‍यो।यसबाट जैबिक बिबिधता(बायो-डाइभर्सिटी),बाताबरण आदिमा कति क्षति भयो,मूल्यांकन हुँदै गर्ला।नेपालले स्वीकार गरेको कार्बन-ब्यापारमा कस्तो दुरगामी प्रभाव पार्ला,पक्कै जोडदार बहस हुने नै छ। नेपालमा बारम्बार दोहोरिने बनको आगोलागी नियन्त्रणको निम्ति उपायहरु पत्ता लगाउन बहस,गोष्ठी ,सेमिनार हुने नै छन्।
यी सबै अपरिहार्यताको बिच अन्तर्राष्ट्रिय दाताहरुबाट फालाफाल डोनेसन,सहयोग ,ऋण नै भए पनि भेलबाढी कै रूपमा पैसो आउने सम्भावना दरिएको छ।
यो अत्यन्त समय सान्दर्भिक बिषयमा हाम्रा अति जिम्मेवार ,मूर्धन्य बन प्राबिधिक र बाताबरण बिज्ञ सरहरुको मूल्यांकन र दुरदर्शिता कस्तो रहला ??
किनभने समस्याहरु मै सम्भावनाको खेती हुन्छ भन्ने अति सकारात्मक चिन्तनको ब्यबहारिक प्रयोग गर्न नेपाली बुद्धिजीवीहरु माहिर नै छन्।
आगोलागीको यो भीषण प्रकोपलाई अर्को डलर खेतीको अबसरको रुपमा प्रयोग गर्न सक्छन्।
   प्राग ऐतिहासिक कालमा जंगलबाटै आगो आबिष्कार भएको हो,अनि मान्छेले थाहा पायो र आगोको बहुउपयोग गर्न शुरु गर्‍यो ।आगोले कहिलेकाही भयावह रुप लिएर जनधनको क्षति गर्ने हुँदा यस्को आरधाना गर्न थाल्यो।प्राग ऐतिहासिक काल देखि नै मानव र आगोको अन्योन्याश्रित सम्बन्ध छ।
तर अहिले आधुनिक समयमा बन ब्यबस्थापन हुदैन,जंगलमा पतकर/ सुख्खा काठहरु जस्ता ज्वलनशील पदार्थहरु थुप्रिएका छन्।बनप्रतिको बेवास्ताले कतैबाट आगोले टिप्यो भने भयावह भैहाल्छ।
        नेपालको बनमा आगोलागीको मुख्य कारण बन ब्यबस्थापन नहुनु हो, fire can be good tools of forest management भनेर पढेकै हो।पशु चरन क्षेत्र र राष्ट्रिय निकुञ्जहरूमा ब्यबस्थापनको निम्ति control firing पनि गरिन्छ।अनि आगोलागीको कारणहरु र अनियंत्रित आगोलागीको हानी-नोक्सानी र भयावह स्वरुप पनि थाहा नपाइएको होइन।यो बारे चाहिँ डलरे बुद्धिजीवीहरु बोल्दैनन्।
बेस्सरी आगोलागी भएपछि फण्ड आउँछ ,अनि राइदाइ गर्न पाइन्छ भनेर अबसर कुरेर बसेका हुन्छन् ,हरियो घास खाने बुद्धिजीवीहरु !!