आइतबार, आश्विन १८ गते २०८३

नेपालको सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय भारतले मान्दैन

बैशाख २३, २०८१ आइतबार
नेपालको सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय भारतले मान्दैन

 

काठमाण्डौ । सार्बमौम सत्ता सम्पन्न देश नेपालले आफ्नो देशको एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णय गरेकोमा भारतलाई त्यो अमान्य हुने एक भारतीय पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा भारतका बिदेश मन्त्री एस जयशंकरले बताएका छन् । नेपालको कालापानी क्षेत्र बर्र्षौदेखि अतिक्रमण गरेर बसेको भारतले नेपालको भूमि यसरी नछोड्ने स्रकेत पुनः दिएको छ । नेपाल र भारत बीचको सीमा बारे आफु स्पष्ट रहेको दाबी गर्दै भारतीय बिदेशमन्त्रीले भारतको अडान स्पष्ट रहेको र कुनै कतै यस बारे के छाप्छ त्यसको अर्थ नहुने भनेर आनो मिचाहा अडानलाई फुन दोहोर्याएका छन् ।
यस अघि भारतले नेपालको मिचेको क्षेत्रबाट भारतले चीनको सीमासम्म पुग्ने बाटो बनाए पछि नेपालले त्यसको बिरोध गरेको थियो । एकजना सांसद सरिता गिरी बाहेका एकमतले सबै पार्टीका सांसदहरुले त्यो चुच्चे नक्सा पारित गरेको थिए । तर भारतको मिचाह प्रबृत्तिले गर्दा यो समस्याको उचित हल पाउन सकेको छैन । उचित प्रकृयााबट समस्या सुल्झाउने कुरा यदा कदा भन्ने गरे पनि त्यो अल्झाइराख्ने र आलेटाले गर्ने काम भारतीय पक्षले गर्दै आएको छ ।
राष्ट्रघाती महाकाली सन्धिमा फसे फसाइएका नेपालले चुच्चे नक्सा  संसदले पारित गरेदेखि अहिलेसम्म पनि भारतले आफ्नो मिचाहा अडान छोडेको छैन र दुइ देशका प्रबुद्ध समूहरुको संयुक्त बैठकले पारित गरेको साझा निष्कर्शको प्रतिबेदन बुझ्न पनि मानिरहेको छैन ।