आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बसेको संचालक समिति बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ९.५० नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीका शेयर धनीले कुल ३४.५० प्रतिशत लाभांश पाउने भएका छन्। १ अर्ब रुपैयाँको बोनस सेयर र ३८ करोड रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्ताव स्वीकृतिका लागि नियामक बीमा प्राधिकरण पठाइएको छ । प्राधिकरणबाट स्वीकृत भएपश्चात साधारणसभाबाट पारित गरी लगानीकर्ताले पाउने छन् ।