रुसी लेखक तथा राजनीतिक कार्यकर्ता म्याक्सिम गोर्की (१८६८–१९३६) को पूरा नाम एलक्सेई म्याक्सिमोभिच पेश्कोभ हो । साहित्यमा समाजवादी यथार्थवादको प्रयोग गरेका कारणले पनि उनी चर्चित छन् । उनलाई नोबेल पुरस्कारका लागि ५ पटक मनोनयन गर्दा पनि पुरस्कृत हुन सकेनन् । उनले आमा उपन्यासका साथै अन्य धेरै उत्कृष्ट कृतिहरू लेखेका छन् । यी कृतिहरू उनले सोभियत गणराज्यहरूमा घुमेर पाएका अनुभूतिमा आधारित भएकोले धरातलीय यथार्थमा आधारित छन् ।
नेता लेनिन, स्तालिनका साथै प्रसिद्ध साहित्यकार लियो टाल्स्टाय र एन्तोन चेखबसँग गोर्कीको हेलमेल थियो । तर पछिल्लो समयमा आएर उनी लेनिनका कटु आलोचक बन्नपुगे । उनी लेनिनलाई निर्लज्ज महत्वाकांक्षी, सत्ताको आशक्त र क्रुर भनी गाली गर्थे । त्यसैले उनी धेरै वर्षसम्म निर्वासित जीवन बिताउन बाध्य भए ।
१९३२ मा स्तालिनले व्यक्तिगत रुपमै आमन्त्रण गरेपछि उनी स्वदेश फर्केका हुन् । स्तालिनको दमनकारी शासन बढ्दै गएपछि सोभियत संघमा महत्वपूर्ण व्यक्तिहरूका रहस्यमय हत्या हुने थाले । गोर्की नै अघोषित नजरबन्दमा राखिनु र १९३४ मा उनका छोरा म्याक्सिम पेश्कोभको रहस्यम मृत्यु हुनुले खतराको तरबार उनीमाथि झुन्डेको उनले बुझे ।
हुन ।
टाेल्स्टाेय र गाेर्की
त उनको निधन निमोनियाबाट भएको हो तर उनको मृत्यु पनि स्वाभाविक होइन भन्ने दाबी त्यही बेला सुनिन्थ्यो । जे होस् यिनी आफ्नो जमानाका युगनिर्माता लेखक (साहित्यकार) हुन् ।
चन्द्रमणि गाैतम