शुक्रबार, कार्तिक ७ गते २०८३

नवजीवन सहकारीले भन्यो ‘कमर्चारी छनौट कार्यविधि अनुरूप’

बैशाख १७, २०८१ सोमबार
नवजीवन सहकारीले भन्यो ‘कमर्चारी छनौट कार्यविधि अनुरूप’

 

कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाले कर्मचारी छनौट कार्यविधि अनुसार नै भएको जनाएको छ । संस्थाले निर्माण गरेको विधिविधान तथा कार्यविधि अनुसार नै कर्मचारी छनौटको प्रक्रिया अगाडि बढाएको जनाएको छ । 

संस्थाले एक विज्ञप्ति जारी गर्दै केहि व्यक्तिले व्यक्तिगत रिसइवी साँध्न अनर्गल प्रचार गरी संस्थाको गरिममा आँच पुग्ने किसिमले सामाजिक सञ्जाल प्रयोग गरेको दुखःद भएको जनाएको छ । 

सञ्चालक समितिका सदस्यको नाम उल्लेख गरी आफन्तकालाइ जागिर खुवाउने प्रपञ्च गरेको भनेर गरिएको प्रचार भ्रामक भएको विज्ञप्तिमा उल्लेख छ । बेनामी उजुरीकै भरमा परीक्षा स्थगित गर्नुपर्ने बाध्यताले परीक्षार्थीलाइ पर्न गएको असुविधा र संस्थाको गरिमामा परेको असरप्रति संस्थाले ध्यानाकर्षण भएको जनाएको छ । 

संस्थाको कार्यविधि संशोधन साधारणसभाबाट पारित भइ २०७६ देखि नै अधिकृत तहका कर्मचारीको उमेर हद ४० वर्ष कायम गरिएको संस्थाको मानव संशाधन कार्यविधिमा उल्लेख हुँदाहुँदै केहि सञ्चारमाध्यमले पदाधिकारीहरूको नाम जोडी ४० वर्ष उमेर हद बनाएको भन्ने विषय गलत भएको जनाइएको छ ।