आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रपतिद्वारा अध्यादेश जारी, विभिन्न ऐनमा लगानीमैत्री संशोधन


बैशाख १६, २०८१ आइतबार
राष्ट्रपतिद्वारा अध्यादेश जारी, विभिन्न ऐनमा लगानीमैत्री संशोधन

 

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । लगानी सम्मेलनका पूर्वसन्ध्यामा सरकारले विभिन्न ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । संविधानको धारा ११४ ९१० बमोजिम राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी हुन् । 

सरकारले भूमि सम्बन्धी ऐन, २०२१स राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९स विदुयुतीय९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३स विशेष आर्थिक क्षेत्र ऐन, २०७३स सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५स विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५स वन ऐन, २०७६स औद्योगिक व्यसाय ऐन, २०७६ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको थियो।